पीडितलाई क्षतिपूर्ति दिन सांसदहरुको माग
नेपालबहस संवाददाता
साउन २१, २०७६ मंगलबार २१:१८:२०
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा असार २६ गते र त्यसपछिको लगातार वर्षाका कारण देशका विभिन्न स्थानमा भएको जनधनको क्षतिपूर्ति र पीडितलाई राहत उपलब्ध गराउन सांसदहरुले माग गरेका छन् ।
सङ्घीय संसद्, प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसदहरु प्रमोद शाह, बालकृष्ण खाँड, देवप्रसाद तिमिल्सिना, तेजुलाल चौधरी, ध्रुवकुमार शाही, पदमनारायण चौधरी, दुलारीदेवी खत्वोनि, पूर्णकुमारी सुवेदी, पार्वता डिसी चौधरी, देवेन्द्र पौडेल, प्रमिला राईलगायतले बाढीपहिरोका कारण जनता घरवारविहीन हुँदासमेत सरकारको ध्यानाकर्षण हुन नसकेको बताएका छन् ।
सांसद टेकबहादुर बस्नेतले अधुरा आयोजनाबारे सरकार कसरी अगाडि बढिरहेको छ रु बोलपत्र कसरी गरिएको छ रु भन्ने प्रश्न गरे । सांसद डिला सङ्ग्रौलाले विराटनगर जुट मिलमा भएको भ्रष्टाचारबारे निष्पक्ष छानबिन गर्नुपर्ने माग गरिन्। सांसद दिलेन्द्रप्रसाद बडूले सत्यनिरुपण तथा मेलमिलाप आयोगको पदाधिकारी नियुक्तिमा भएको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराएका थिए ।
अर्का सांसद दीपकप्रसाद भट्टले सुदूरपश्चिम प्रदेशमा एउटा पनि नाका खुल्न सकेको छैन, सरकारले त्यस बारेमा पलल गरोस् भने। सांसद देवप्रसाद गुरुङले बाढीपहिरोका कारण भएको क्षतिपूर्तिबारे सरकारको ध्यानाकर्षण गराए। सांसद नरमाया ढकालले राष्ट्रिय महिला आयोगमा जतिसक्दो चाँडो पदाधिकारी नियुक्ति गर्नुपर्ने माग गरिन् ।
सांसद नारायणप्रसाद खतिवडाले पत्रकार शालिग्राम पुडासैनीको मृत्युबारे निष्पक्ष छानबिन गर्नुपर्ने माग गरे । सांसद पदम गिरीले पोखरा–बाग्लुङ सडकखण्ड निर्माणमा भएको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराए । सांसद पार्वताकुमारी विसङ्खेले दैलेखकी लक्ष्मी सुनारलाई पानी छोएको निहुँमा कुटपिट गरिएको भन्दै दोषीमाथि कारवाही गर्नुपर्ने माग गरिन्। सांसद पुष्पा भुषालले सत्ताको आडमा सरकारी जग्गा कब्जा गर्ने क्रम बढ्दै गएको आरोप लगाईन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्रीको नेतृत्वमा कतारी अमिरसँग द्विपक्षीय वार्ता
बैशाख १२, २०८१ बुधबार
शहरीकरणले गर्दा भूकम्पीय जोखिम बढ्यो : राष्ट्रपति पौडेल
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
बजारमा सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति ?
बैशाख १२, २०८१ बुधबार
जारी आईपीएलमा अहिलेसम्म ९ शतक प्रहार, को-कसले बनाए ?
बैशाख १२, २०८१ बुधबार
तस्वीरमा गोरखा भूकम्पपछिका केही झलक
बैशाख १२, २०८१ बुधबार
प्रधानमन्त्रीको नेतृत्वमा कतारी अमिरसँग द्विपक्षीय वार्ता
बैशाख १२, २०८१ बुधबार
महाकाल नृत्य प्रस्तुत गरिँदै
बैशाख १२, २०८१ बुधबार
काभ्रेको भुम्लुमा सुमो दुर्घटना हुँदा १० जना घाइते
बैशाख १२, २०८१ बुधबार