नुवाकोटको साततले दरबारको पुनर्निर्माण
नेपालबहस संवाददाता
साउन २१, २०७६ बुधबार २:४७:११
काठमाडौं । विनाशकारी भूकम्पले क्षतिग्रस्त बनेको नुवाकोटको साततले दरबारको पुनर्निर्माण भईरहेको छ ।चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेजले साततले दरबार तथा वरिपरिका सम्पदा पुनर्निर्माण थालेको हो ।
नुवाकोट दरबार क्षेत्रभित्रको सात तले दरबार, गारद घर, रंगमहल, बहादुर शाहको बैठक कक्षलगायत दरबार क्षेत्रभित्र रहेको विष्णु र नारायण मन्दिरको पुनर्निर्माण थालिएको दरबार हेरचाह कार्यालयका बिक्रम प्रसाद पुष्पहालले बताए ।
विनाशकारी भूकम्पले दरबार क्षतिग्रस्त बनाएपछि चीन सरकारले गत २०७२ साल साउन महिनामा मर्मत गर्ने प्रतिबद्धता जनाएको थियो । पटक–पटक चिनियाँ प्राबिधिक टोली र चिनियाँ राजदूतको अवलोकन अध्ययन पछी पुनःनिर्माण सुरु भएको जनाइएको छ ।
हाल चिनियाँ प्राबिधिकहरुले दरबारको बिभिन्न स्थानमा प्वाल पारेर नमुना संकलन गरि अध्ययन गरिरेहेका छन् । भुकम्पका कारण क्षतीग्रस्त भएको एतिहाँसिक साततले दरबारलाई पुरानै स्वरुपमा पुनःनिर्माण गर्नुपर्ने स्थानीयहरुको भनाइ छ ।
दरबारमा भएका सामाग्रीकै प्रयोग गरी दरबार निर्माण गरिने बताईएको छ । हाल दरबार लगायत आसपासका सबै संरचनालाई संरक्षण गर्दै पुनःनिर्माण सुरु गर्ने चिनियाँ टोलीको भनाइ छ । २०७२ साल वैशाखमा गएको भूकम्पले दरबार लगायतका सम्पदाहरूमा क्षति पुगेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार