बेरोजगारी अन्त्यका लागि उत्पादनमा जोड दिऔँ : पौडेल
नेपालबहस संवाददाता
साउन २१, २०७६ बुधबार ३:१२:५८
दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बेरोजगारी अन्त्यका लागि स्थानीयस्तरमा उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् ।
तनहुँको म्याग्दे गाउँपालिकाले आर्थिक वर्ष ०७६/७७ का लागि पारित गरेको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्न आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीयस्तरमा उत्पादन वृद्धि गर्नुपर्ने बताए ।
गाउँमै रोजगारीको अवसर सिर्जना गर्न सकिए आम्दानी हुने र युवाहरु विदेशिनुपर्ने अवस्थाको अन्त्य हुने उनको भनाइ थियो । उनले भने, “युवाहरुलाई गाउँमा नै रोजगारीको अवसर सिर्जना गर्न सकिए काम खोज्दै विदेश जानुपर्दैन, त्यसका लागि उत्पादन वृद्धिमा जोड दिनु अहिलेको प्रमुख आवश्यकता हो ।”
वरिष्ठ नेता पौडेलले कृषि, जलस्रोत र पर्यटनमार्फत् देशलाई समृद्ध बनाउन सकिने भएकाले तीन तहका सरकारले नै यो क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम बनाउनुपर्नेमा जोड दिए । उनले कृषि क्रान्तिका लागि कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताए।
फरक प्रसङ्गमा बोल्दै उनले पार्टीहरुलाई सुधार्ने जिम्मेवारी जनताको पनि रहेको उल्लेख गरे। पार्टी सुधार गर्न नेतृत्व सुध्रनुपर्ने भन्दै उनले लोकतन्त्रमा व्यक्ति नभई जनता बलियो हुनुपर्ने धारणा व्यक्त गरे । दुई तिहाइ जनमत प्राप्त सरकारले जनताको भावना अनुसार काम गर्न नसकेको आरोप लगाउँदै उनले सरकारको कार्यशैली सच्चिनुपर्ने बताए ।
कार्यक्रममासांसद केदार सिग्देल, गण्डकी प्रदेशसभा सदस्य आशा कोइराला, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेलगायतले समृद्ध गाउँपालिका बनाउन सबै राजनीतिक पार्टीबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए।
सो अवसरमा गाउँपालिकाका अध्यक्ष माया रानाले आर्थिक वर्ष ०७६/७७ का लागि पारित बजेट सार्वजनिक गरेका थिए। गाउँपालिकाले चालु आवका लागि रु ४८ करोड १३ लाख ७७ हजारको बजेट पारित गरेको छ । कूल बजेटमध्ये चालूतर्फ रु २५ करोड ९४ लाख ३४ हजार र पूँजीगततर्फ रु २२ करोड १९ लाख ४३ हजार विनियोजन गरिएको अध्यक्ष रानाले जानकारी दिए ।
गाउँपालिकाले पूर्वाधार विकासअन्तर्गत सातवटै महत्वपूर्ण सडकको सञ्जाल बनाई कालोपत्रे शुरुवात गर्ने, कृषिमा आत्मनिर्भर बनाउन कृषिलाई आधुनिकीकरण, व्यावसायीकरण र बजारीकरण गर्ने, एकीकृत पर्यटन विकास कार्यक्रम तय गरी पर्यटनका पूर्वाधारहरु निर्माण गर्ने, स्वच्छ खानेपानीको अभावलाई न्यूनीकरण गर्नेलगायतलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकतारका अमिरको स्वागतमा फेरियो काठमाडौंको स्वरुप (फोटोफिचर)
बैशाख ११, २०८१ मंगलबार
नेकपा एसले बोलायो स्थायी कमिटी बैठक
बैशाख ११, २०८१ मंगलबार
देशको समृद्धिका निम्ति सबै राजनीतिक शक्ति एकजुट हुनुपर्छ : सभामुख घिमिरे
बैशाख ११, २०८१ मंगलबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
बैशाख १०, २०८१ सोमबार
रुद्रकली : कतारी अमिरलाई उपहार दिइने हात्ती
बैशाख १०, २०८१ सोमबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
कतारका अमिरको स्वागतमा फेरियो काठमाडौंको स्वरुप (फोटोफिचर)
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
टुलुज फेस्टिभलमा उत्कृष्ट फिल्म बन्यो ‘१२ फेल’
बैशाख ११, २०८१ मंगलबार
राज्य कोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
दाङमा चैते धानप्रति किसानको आकर्षण बढ्दो
बैशाख ११, २०८१ मंगलबार