पाकिस्तान आक्रमक : भारतसंगको ब्यापार बन्द, सुरक्षाबल परिचालन
नेपालबहस संवाददाता
साउन २३, २०७६ बिहिबार १३:२६:५५
काठमाडौं । भारतले कश्मीरमा चालेको कदमलाई मध्यनजर गर्दै पाकिस्तानले भारतसँगको द्विपक्षीय सम्बन्धको स्तर घटाउने घोषणा गरेको छ । पाकिस्तानको राष्ट्रिय सुरक्षा परिषद्को बैठकका क्रममा भारतसँगको द्विपक्षीय सम्बन्धको स्तर घटाउने र भारतसँग हुने द्विपक्षीय व्यापार पनि स्थगित गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री इमरान खानको उपस्थितीमा बसेको बैठकले दुई मुलुकबीचका सम्बन्धबारे पुनर्विचार गरिने र कश्मीरको विशेष राज्यको मान्यता खारेज गर्ने भारतको कदमबारे संयुक्त राष्ट्रसंघमा कुरा उठाउने निर्णय समेत गरेको छ । त्यसबाहेक बैठकले कश्मीरी जनताप्रति ऐक्यबद्धता जनाउन आगामी १४ अगष्टमा स्वतन्त्रता दिवस मनाउने निर्णय गरेको छ ।
भारतको रंगभेदी र मानवअधिकार विरोधी सत्तालाई उदाङ्गो पार्नका लागि आफ्नो मुलुकका सबै कूटनीतिक संयन्त्रलाई परिचालन गरिने उक्त बैठकको निर्णय छ । त्यस्तै, प्रधानमन्त्री खानले पाकिस्तानी सुरक्षा बललाई सतर्क रहन समेत निर्देशन दिएका छन् ।
गत सोमबार भारतले संविधानको धारा ३७० र ३५ ए खारेज गर्दै जम्मू कश्मीरको विशेष राज्यका मान्यता खारेज गरेपछि भारत र पाकिस्तानबीच तीब्र विवाद चर्किएको छ । भारत र पाकिस्तान दुबै मुलुकले कश्मीरमा सार्वभौमिकता दाबी गर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविपिन जोशीको रिहाईको पहल गरिदिन कतारी अमिरलाई राष्ट्रपति पौडेलको आग्रह
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, राजनीतिक घटनाक्रमको विषयमा छलफल
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेल र कतारी राजाबीच भेटवार्ता, साझा मुद्दामा सहकार्य गर्न कतारलाई आग्रह
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार
ट्याक्टर दुर्घटनाबाट सशस्त्र प्रहरीले बचाए चालकको ज्यान
बैशाख ११, २०८१ मंगलबार