बसपार्कको पहिलो चरणको निर्माण पूरा
नेपालबहस संवाददाता
साउन २३, २०७६ बिहिबार १४:४३:५८
दाङ । करीब १० वर्षको अथक प्रयासपछि तुलसीपुर उपमहानगरपालिकास्थित नयाँ बसपार्क निर्माणकार्य पूरा भएको छ । तुलसीपुर–५ स्थित नयाँ बसपार्क निर्माणका लागि विसं २०६६ मा गुरुयोजना निर्माण गरिएको थियो । सो गुरुयोजनाअनुरुप आधुनिक बसपार्कको पहिलो चरणको काम सम्पन्न भएको उपमहानगरपालिकाले जनाएको छ ।
रु १० करोड ५० लाख लागतमा पहिलो चरणको निर्माणको काम सम्पन्न भएको उपमहानगरपालिकाका इञ्जिनीयर पवनकुमार योगीले जानकारी दिएका छन् । उपमहानगरपालिकाले आधुनिक बसपार्क निर्माणका लागि रु ३४ करोडको गुरुयोजना तयार पारेको थियो ।
गुरुयोजनाअनुसार पहिलो चरणमा साढे १० करोड लगानीबाट बसपार्कमा टिकट काट्ने घर, व्यावसायिक प्रयोजनका लागि सटरहरु, शौचालय, बसपार्क कालोपत्र, पार्किङस्थल, विद्युतलगायतका काम सम्पन्न भएका छन् । बिडीए नेपाल कन्सल्टेन्सीले तयार पारेको डिजाइन स्टिमेटसहितको गुरुयोजनामा बसपार्कमा पहिलोपटक अत्याधुनिक टर्मिनल बिल्डिङ अर्र्थात् टिकट काट्ने काउन्टर, सपिङ स्टल, सार्वजनिक शौचालय, सडक, ढलनिकासका लागि नाला, विद्युत् र गाडी पार्किङस्थललगायतका संरचना तयार भएको इञ्जिनीयर योगीले जानकारी दिएका छन् ।
त्यस्तै निर्माणको जिम्मा पाएको शिवशक्ति कन्स्ट्रक्सनले पनि बसपार्क निर्माणको पहिलो चरणका काम सबै पूरा भएको बताएको छ । निर्माण व्यवसायी गेहेन्द्र गिरीले पहिलो चरणका सबै निर्माणको काम सम्पन्न गरेको जानकारी दिए । बसपार्क अब केही महिनाभित्रै सञ्चालनमा आउने तयारी गरिएको छ । बसपार्क सञ्चालनका लागि बोलपत्रसमेत भइसकेको छ । बोलपत्र प्रक्रियाअनुसार अबको केही महीनामा बसपार्क सञ्चालनमा आउने इञ्जिनीयर योगीले जानकारी दिए ।
विभिन्न सात प्रस्तावना बोलपत्रमा गरिएको छ । बसपार्कमा पेट्रोलपम्पसमेत निर्माण हुनेछ । त्यस्तै टिकट घर, व्यावसायिक सटर, सार्वजनिक शौचालय, पार्किङ व्यवस्थापन, विद्युत्, प्रवेश शुल्क र विज्ञापनलगायतको प्रस्तावनासहित बोलपत्र सार्वजनिक भएको छ ।
तुलसीपुरमा लामो समयपछि आधुनिक बसपार्क निर्माणसँगै स्थानीयवासी खुशी भएका छन् । उपमहानगरपालिकाले यसलाई गौरवको योजना पनि भन्दै आएको छ । नगर विकास कोषको लगानीमा बसपार्क निर्माणसँगै सबैलाई सहज हुनेछ । तुलसीपुरको नयाँ बसपार्कमा हाल व्यस्थित बसपार्क नहँुदा निकै समस्या परेको छ । बसपार्क वर्षायाममा हाल हिलाम्मे हुने गरको छ भने हिउँदमा धुलो उड्ने समस्या थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबजेट अभावमा नगर अस्पतालको काम रोकियो
चैत १५, २०८० बिहिबार
कर्णाली नदीको चिसापानी–गड्डाचौकीसम्मका १४ पुल मर्मत हुँदै
चैत १४, २०८० बुधबार
कालीगण्डकी कोरिडोरः १५ महिनापछि बेनी–मालढुङ्गाखण्ड निर्माणमा प्रगति
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार