चार हजारलाई नागरिकता
नेपालबहस संवाददाता
साउन २३, २०७६ बिहिबार १५:१८:६
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाका दुर्गम तथा ग्रामीण क्षेत्रमा बसोबास गर्ने चार हजार ३७३ व्यक्तिलाई उनीहरुको पायक पर्ने ठाउँमा पुगेर नागरिकता प्रदान गरेको छ । कार्यालयको घरदैलो सेवाअन्तर्गत एक वर्षभित्रमा सञ्चालित घुम्ती शिविरमार्फत सो परिमाणमा नागरिकता प्रदान गरिएको हो ।
स्थानीय तह तथा स्थानीय प्रशासनको सहकार्यमा नागरिकता शिविरमार्फत महिला, किशोरकिशोरी, वृद्धवृद्धा अशक्त, आर्थिकरूपमा विपन्न तथा पछाडि पारिएका समुदायलाई नागरिकता प्रदान गरिएको कार्यालयले जनाएको छ ।
कार्यालयबाट प्राप्त तथ्याङ्कअनुसार सेवा लिनेमा पुरुषभन्दा महिलाको सङ्ख्या बढी छ । शिविरमा दुई हजार ७२१ महिला र एक हजार ६५२ पुरुषले नागरिकता लिएका हुन् । आर्थिक वर्ष २०७५/७६ मा विभिन्न ग्रामीण तथा दुर्गम क्षेत्रमा १२ पटक शिविर गरी नागरिकता वितरण गरिएको कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले गत आर्थिक वर्षमा १६ हजार ६५९ नयाँ नागरिकता वितरण गरेको तथ्याङ्क छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार कार्यालयले एक वर्षको अवधिमा वंशजका आधारमा १६ हजार ६१३ लाई नयाँ नागरिकता वितरण गरेको हो । वंशजका आधारमा नागरिकता प्राप्त गर्नेमा पुरुष सात हजार १९ र महिला नौ हजार ५९४ छन् । यसैगरी वैवाहिक अङ्गीकृत नागरिकता १६ ले प्राप्त गरेका छन् भने ३० जनाले जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेका छन् ।
मकवानपुरमा गत वर्ष सात हजार ६८६ प्रतिलिपि नागरिकता वितरण गरिएको प्रजिअ तामाङले जानकारी दिएका छन् । सेवाप्रवाहलाई जनताको घरदैलोसम्म पु¥याउने उद्देश्यले कार्यालयबाट जिल्लाका विभिन्न स्थानमा विभिन्न मितिमा नागरिकता वितरण घुम्ती शिविर सञ्चालन गरिएको उनले जनाए ।
जिल्लामा शान्ति सुरक्षाको विश्वसनीय र भरपर्दो सुरक्षा व्यवस्था मिलाई नागरिकको शान्ति, सुरक्षा र अमनचैनको व्यवस्था पूर्णरूपमा मिलाइएको, जिल्लाको सुरक्षामा एकीकृत रणनीतिक सुरक्षा योजना तयार गरिएको र त्यसअनुसार काम गरिएको प्रजिअ तामाङले बताए । जिल्ला सुरक्षा समितिको बैठकलाई गतिशील, नतिजामुखी र प्रभावकारी बनाउँदै जिल्ला सुरक्षा समितिको बैठक ३३ पटक स्पष्ट एजेण्डासहित सञ्चालन गरिएको उनले जानकारी दिए ।
मकवानपुर क्षेत्रमा पर्ने राजमार्गलाई निर्वाधरूपमा सञ्चालन हुने व्यवस्था मिलाउँदै जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयको नियमितरूपमा निरीक्षण गरिएको उनको भनाइ छ । गुण्डागर्दी, सङ्गठित अपराध, जबर्जस्ती असुली, महिला हिंसालगायतका अपराधलाई नियन्त्रणमा महत्वपूर्ण काम भएको प्रजिअ तामाङको जिकिर छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगोरखा भूकम्पको ९ वर्ष : पीडित अझै अस्थायी टहरामा
बैशाख १२, २०८१ बुधबार
पर्सामा साना तथा घरेलु उद्योगमा महिला उद्यमीको स्वामित्व बढ्दै
बैशाख १२, २०८१ बुधबार
सोलुखुम्बुमा डढेलो बस्तीमा फैलिँदा पाँच घर जलेर नष्ट
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
दैलेखमा एउटै बँदेलको टोकाइबाट सात जना घाइते
बैशाख ११, २०८१ मंगलबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : पीडित अझै अस्थायी टहरामा
बैशाख १२, २०८१ बुधबार
पर्सामा साना तथा घरेलु उद्योगमा महिला उद्यमीको स्वामित्व बढ्दै
बैशाख १२, २०८१ बुधबार
वागमतीको हिउदे अधिवेशन अन्त्य गर्न सिफारिस
बैशाख १२, २०८१ बुधबार
राष्ट्रिय महिला भलिबल खेलाडी चन्दलाई ५० हजार नगदसहित सम्मान
बैशाख १२, २०८१ बुधबार
जादाजादै कतारका अमिरले भने- आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद !
बैशाख १२, २०८१ बुधबार