महानगरपालिकाद्धारा बाख्रापालक कृषकलाई अनुदान
नेपालबहस संवाददाता
साउन २३, २०७६ बिहिबार १७:४५:१०
कास्की । व्यावसायिक बाख्रापालनका लागि पोखरा महानगरपालिकाले अनुदान रकम वितरण गरेको छ । पोखरा–२८ का ५० जना कृषकलाई जनही रु ४० हजारका दरले रु.२० लाख रुपैयाँ वितरण गरेको महानगरपालिकाले जनाएको छ ।
वडा नं. २८ को समन्वयमा स्थानीय व्यावसायिक बाख्रापालन समितिद्वारा बुधबार आयोजित कार्यक्रममा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले सो अनुदान रकम वितरण गरेका हुन् ।
सो अवसरमा प्रमुख जिसीले महानगरका ३३ मध्ये २१ वडा व्यावसायिक कृषिका लागि उपयुक्त भएको बताउँदै खाद्यान्न तथा पशु उत्पादन वृद्धि गरी आयात रोक्ने नीतिमा महानगर रहेको स्पष्ट पारे ।
उनले भूउपयोग नीतिका माध्यमबाट कृषियोग्य जमीन खण्डीकरण हुन नदिइनेसमेत बताए। वडाध्यक्ष निर्मल दियालीले कम्तीमा ५ वटा माउ बाख्रासहित १३ वटा बाख्रा भएका कृषकहरुलाई व्यावसायीकतातर्फ उन्मुख गर्न यो अनुदान रकम वितरण गरिएको बताए ।
वडाका माझठाना, सौर्य लगायतका गाउँहरुमा व्यावसायिक बाख्रापालन शुरुआत भइसकेको बताउँदै उनले अनुदान सहयोगले स्थानीय प्रजातिका बाख्राको पालन र प्रवद्र्धनमा समेत फलदायी हुने विश्वास व्यक्त गरे ।
पशु सेवा महाशाखाका प्रमुख शिव वाग्लेले कृषकहरुका लागि अनुदान वितरण कार्यक्रमको सकरात्मक शुरुवात भएको र पशु सेवासंग सम्वन्धित कृषक लक्षित अन्य कार्यक्रमहरुलाई पनि आगामी दिनमा निरन्तरता दिइने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबजेटबारे अर्थमन्त्रीलाई ७ पूर्वअर्थमन्त्रीको सुझाव, पपुष्लिट नभई यथार्थपरक बजेट ल्याउनुस्
बैशाख १३, २०८१ बिहिबार
लगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन
बैशाख १०, २०८१ सोमबार
अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो: अर्थमन्त्री पुन
बैशाख ८, २०८१ शनिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीद्वारा गर्मीलाई दोष
बैशाख १३, २०८१ बिहिबार
विश्व औलो दिवसः विदेशबाट आएकाबाट बढी जोखिम
बैशाख १३, २०८१ बिहिबार
बाँकेका वनमा लागेको डढेलोले खरायो, सर्प र चरा मरे
बैशाख १३, २०८१ बिहिबार
विद्यार्थी घट्दै गएपछि विद्यालय समायोजन गर्दै पालिका
बैशाख १३, २०८१ बिहिबार