‘होस्टल’ उपन्यासमा कल्पनाशीलता छ : नेता आचार्य
नेपालबहस संवाददाता
साउन २३, २०७६ बिहिबार १८:२९:२८
काठमाडौं । बाल साहित्यकार शाश्वत घिमिरेको उपन्यास ‘होस्टल’ विमोचन गरिएको छ । सानै उमेरदेखि नेपाली साहित्य क्षेत्रको विकास र विस्तारमा लागेका १७ वर्षीय घिमिरेको उक्त उपन्यास बुधबार साँझ विमोचन गरिएको हो ।
रुद्र तुल चन्द्र प्रतिष्ठानले प्रकाशन गरेको उक्त पुस्तकको विमोचन नेपाली कांग्रेस नेता नरहरि आचार्यले गरे । कार्यक्रममा नेता आचार्यले कक्षा ९ मा अध्ययनरत घिमिरेको उपन्यासमा कल्पनाशीलता भेटिएको बताए । “सानै उमेरमा यस्तो कल्पना गरेर उपन्यास लेख्नु बाल साहित्यकार घिमिरेको विशेषता हो”, उनले भने । घिमिरेको उपन्यासले नेपाली साहित्य जगत्मा नयाँ आयाम थपेको उनको भनाइ थियो ।
बाल्मिकी क्याम्पसका प्रमुख प्रा डा गणेशप्रसाद घिमिरेले लेखकले आफ्नो पठनपाठनका लागि होस्टल जाने मनस्थितिलाई समावेश गरेर लेखिएको उपन्यासलाई कलात्मकरूपमा प्रस्तुत गरेको बताए । स्कूलमा पढ्दापढ्दै कविता, उपन्यासलगायतको साहित्य सिर्जना गर्नु ठूलो कुरा भएको उनको भनाइ थियो ।
बाल साहित्यकार घिमिरेले आफूले होस्टल पढ्न आउँदा गरेका सङ्घर्षलाई पुस्तकमा उतारेर उपन्यास बनाएको बताए । उपन्यास १७ शीर्षकमा लेखिएको छ । कार्यक्रममा सत्य साई शिक्षा सदन टोखाका प्राचार्य प्रा डा नरोत्तम उपाध्यायलाई दोसल्ला ओठाएर सम्मान गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक
चैत २५, २०८० आइतबार
‘भागु’ राष्ट्रिय बाल नाटक मेलाको सर्वोत्कृष्ट नाटक घोषित
चैत ३, २०८० शनिबार
पोखरामा ‘कखरा’ उपन्यासमाथि चर्चा
माघ २८, २०८० आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार