कर कार्यालय डर कार्यालय बन्यो : व्यवसायी
इन्द्र रिजाल
साउन २३, २०७६ शुक्रबार १:२३:१
स्याङ्जा । आन्तरिक राजश्व कार्यालय पोखराका वरिष्ठ कर अधिकृत केशवकुमार उप्रेतीले अर्थतन्त्र बलियो बनाउनका लागि कर नीतिलाई कडा बनाउनु परेको बताएका छन् । अर्थतन्त्र बलियो नबन्दासम्म दिगो विकासको परिकल्पना गर्न नसकिनेमा उनले जोड दिए ।
“अर्थतन्त्र बलियो बनाउन वर्तमान सरकारले कर नीतिलाई कडाई गरेको छ ।” स्याङ्जास्थित उद्योग वाणिज्य संघको आयोजनामा व्यवसायीलाई दिएको एक दिने कर शिक्षा कार्यक्रममा बोल्दै कर अधिकृत उप्रेतीले कर नीति कडा बनाउनु सरकारको रहर नभएर बाध्यता भएको उनको भनाई थियो ।
वर्तमान समयमा हाम्रो राजश्वको क्षमता झण्डै साढे १६ खर्ब छ, तर बजारबाट करिब ९ खर्ब मात्रै उठ्ने गरेकोमा चिन्ता जनाउँदै उप्रेतीले करमा कडाई नगर्दासम्म राजश्व गुम्ने क्रम जारी रहने बताए । विगतमा जस्तै राजश्व गुम्ने क्रम रहे देशले विकासमा फड्को मार्न नसक्ने उनको जिकिर थियो ।
“करको दायरामा आउनुहोस, सरकारका तर्फ हामी सहकार्य गर्न तयार छौं ।” कर सम्बन्धि व्यवसायीको प्रश्नको उत्तर दिदै कर अधिकृत उप्रेतीले भने, “करका नाममा व्यवसायी त्रसित बन्ने तथा सरकारले राजश्व गुमाउँदै जानु आर्थिक सुचांकको सकारात्मक पक्ष होईन् ।” व्यवसायीले आवश्यक ठाने जहाँ जतिबेला पनि कर शिक्षा दिन राजश्व कार्यालय तयार रहेको उनले दाबी गरे ।
कर शिक्षामा सहभागी व्यवसायीले हरेक आर्थिक वर्षको शुरुवातमा प्रस्तुत हुने बजेटले व्यवसायी त्रसित बनेको बताए । उनीहरुले व्यवसायीका बीच कर नीतिलाई स्पष्ट पारेर मात्रै सरकारले नयाँ कर नीति लिनु्पर्ने आवश्कता औल्याए । नयाँ बनाउने नीतिका बारेमा व्यवसायीबीच सहकार्य गरे राजश्व नगुम्ने उनीहरुको भनाई थियो ।
“आवश्यक तयारी नहुँदा र नपुग्दा कर कार्यालय डर कार्यालय बनेको छ ।” जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष विक्रान्तकुमार श्रेष्ठ ‘सुवर्ण’ ले भने, “सरकारको कर नीति व्यवसायी मैत्री बन्न नसक्दा कर कार्यालय डर कार्यालय बनेको छ ।” सहकार्य गरौं, निजी क्षेत्र सरकारलाई सहयोग गर्न तयार रहेको उनले बताए ।
संघका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कर शिक्षा कार्यक्रममा कर कार्यालय पोखराका कर अधिकृत जीवराज निरौला, संघका प्रथम उपाध्यक्ष हिक्मत श्रेष्ठ, तृतीय उपाध्यक्ष सुनिता पौडेल र महासचिव भिमकुमार श्रेष्ठले बोलेका थिए । कर शिक्षा कार्यक्रममा जिल्लाका व्यवसायीको उल्लेख्य सहभागिता रहेको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार