लागुऔषधसहित दुई जना पक्राउ
नेपालबहस संवाददाता
साउन २४, २०७६ शुक्रबार १८:१८:४६
कावासोती । प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती नगरपालिका–१६ चालिसकिलो भन्ने स्थानबाट बिहीबार साँझ लागुऔषधसहित दुई जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका–६ बस्ने २७ वर्षीय गणेश रिमाल र रुपन्देही सिद्धार्थ नगरपालिका–७ बस्ने ४५ वर्षीय राजकुमार श्रेष्ठ रहेका छन् ।
लुअअसा ७३१ नंको कारमा लागुऔषध लुकाएर ल्याउँदै गर्दा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए । पक्राउ परेका उनीहरूको साथबाट डाइजोपामा १३० एम्पुल, नुफिन १३० एम्पुल र फेनेरागन १३० एम्पुल गरी ३९० एम्पुल लागुऔषध बरामद गरिएको छ ।
रुपन्देही निवासी राजकुमार श्रेष्ठ कार चालकका रूपमा रहेकाले उनको लागुऔषध ओसारपसारमा संलग्नता भए÷नभएको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अधिकारीले बताए । लागुऔषधसहित पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वमा राखी थप अनुसन्धान भइरहेको उनले बताए ।
नवलपरासी जिल्ला लागुऔषध कारोवारीको ‘ट्रान्जिट प्वाइन्ट’ बनेको छ । भारतीय सीमाक्षेत्र नवलपरासीको त्रिवेणी, महेशपुर, झोलनीपुरलगायतका क्षेत्रबाट लागुऔषध नेपाल भित्र्याउने र यहाँबाट देशका अन्य विभिन्न जिल्लामा पु¥याउने गरेको विभिन्न समयमा पक्राउ पर्ने लागुऔषध ओसारपसारकर्ताले बताउने गरेका छन् ।
भैरहवा नाकाबाट समेत लागुऔषध भित्र्याउने गरेको र नवलपरासीका विभिन्न स्थानमा राख्ने र अन्यत्र पु¥याउने गरेको पाइएको प्रहरी निरीक्षक अधिकारीले बताए ।
प्रहरीले लागुऔषध ओसारपसार नियन्त्रणका लागि राजमार्गमा विशेष जाँच गर्ने गरेको प्रहरी निरीक्षक अधिकारीले बताए । उनका अनुसार चितवन, नवलपरासीका युवा प्रायः ओसारपसारकर्ताका रूपमा पक्राउ पर्ने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहाजिरी जमानतमा रिहा भए कृष्णबहादुर महरा
चैत ९, २०८० शुक्रबार
नन्दकिशोरका दुई पुत्रको सुन र सहकारीमा कसुर नै कसुर
चैत ९, २०८० शुक्रबार
सीआईबीले लिएको दुइदिने बयानमा महराद्वारा आरोप अस्वीकार
चैत ८, २०८० बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार