आईफोनको फेसआईडी असुरक्षित
Advertisement

काठमाडौं। आईफोन निर्माता एप्पल आफ्ना प्रयोगकर्ताको गोपनीयताको विषयमा सधैं निकै महत्वपूर्ण नाम हो। तर, एप्पलको विषयमा पछिल्लो समय एक ठूलो सुरक्षा चुनौती देखिएको छ। एप्पलका लागि यो निकै महत्वपूर्ण समस्या हुनसक्छ। एक अनुसन्धानले आईफोनको सबैभन्दा लोकप्रिय फिचर फेस आईडीलाई झुक्याउन सकिने देखाएको छ।

टेन्सेन्ट रिसर्चको एक टोलीले ग्लास र टेपको सहयोगमा फेसआईडी खोल्न सकिने बताएको छ। टीमले ब्ल्याक ह्याट सेक्युरेटी कन्फ्रेसमा यो समस्या’bout जानकारी दिएका हुन्।

अहिले सार्वजनिक भएको यस किसिमको कमजोरी आईफोनले अनलकको क्रममा कसरी डाटा क्याप्चर गर्छ भन्ने विषयसँग सम्बन्धित थियो। एक अनलाइन वेबसाइटका अनुसार यदि प्रयोगकर्ताले फेसअनलक गर्ने बेलामा चश्मा लगाएको छ भने यसले आँखा र त्यसको नजिकैको ३डी जानकारी लिँदैन।

Advertisement

यो कमजोरीको सहयोगमा डिभाइस अनलक गर्न अनुसन्धाताले ‘लाइभनेस’ नामक यो फिचर्सलाई बाइपास गरेका हुन्। यो फिचर आईफोनको अगाडिको मान्छेको मुहार सक्कली हो कि नक्कली भन्ने कुरा थाहा पाउन सहज हुनेछ।

लाइभनेर फिचर्सले ब्याकग्राउण्ड नोइज, रेस्पोन्स डिस्टार्शन र फोकस ब्लरलाई पनि पहिचान गर्न सक्छ। यसले प्रयोगकर्ताको आँखाको पनि स्क्यान गर्छ। तर, यदि चश्मा लगाएको छ भने यसको आँखा स्क्यान गर्ने प्रक्रिया फेरिन्छ। यस्तोमा यसै किसिमको कमजोरीलाई आधार बनाउँदै कालो टेपको सहयोगमा एप्पलको फेस आईडी प्रविधिलाई झुक्याउन सकिन्छ। चश्माको भित्री भागमा कालो टेप लगाएपछि यसलाई सम्बन्धित व्यक्तिलाई लगाइदिएर आईफोन अनलक गर्न सकिन्छ।

झट्ट सुन्दा यो प्रक्रिया अजीवको लाग्छ। तर, यदि प्रयोगकर्ता बेहोस् भयो वा उस थाहा नपाउने अवस्थामा रहेको खण्डमा यस किसिमको चश्माको प्रयोग गरी आईफोन अनलक गर्न सकिन्छ। त्यस्तो अवस्थामा यो निकै हानिकारक हुन जान्छ।

Advertisement
अघिल्लो लेखबस दुर्घटनामा १० घाइते, एकको अवस्था गम्भीर
अर्को लेखदुई अर्ब बजेट फिर्ता, बजेट खर्च हुन नसक्दा विकास प्रभावित
नेपालबहस संवाददाता
नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल https://www.youtube.com/channel/UC1g7sQeuhWB-EHILhd_ZS7Q/ पनि सञ्चालनमा छ । नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन । देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here