बामदेव माहात्मय
इन्द्र रिजाल
साउन २६, २०७६ आइतबार २३:१२:१०
काठमाडौं । बामदेव गौतम समकालिन राजनीतिका चतूर खेलाडी मात्र नभई सत्ता गठजोडका माहिर पात्र पनि हुन् । ०४६ सालको आन्दोलनपछि नेपाली राजनीतिलाई नयाँ धारमा हिंडाउने अभियानका महत्वपूर्ण खेलाडी बामदेवको चर्चा अहिले फेरि चुलिएको छ ।
गएको निर्वाचनमा बर्दियाबाट उम्मेदवार बनेका बामदेव मात्र यस्ता अभागी नेता बने जो नेकपाका शीर्ष नेतामा हरुवाको उपमा पाए । सधैं सत्ता र चर्चाको केन्द्रमा बस्न रुचाउने बामदेव चुनाव हारेपनि आफ्नो पहिचान कायम राख्न भने सफलै रहे । बामदेवलाई बुझ्न थोरै इतिहासको पाना पल्टाउँदा राम्रो ।
बामदेवको डिजाइनमा पहिलो पटक जनआन्दोनबाट अस्वीकृत पूर्वपञ्चहरुलाई प्रधानमन्त्री पद किस्तीमा राखेर पेश गर्ने परम्परा थालियो । बामदेवले लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाएर आफू उप तथा गृह मन्त्रीको जिम्मेवारीमा बसे । त्यसपछि त नेपाली राजनीतिमा हुने नहुने सबै थिति बेथितिको सुरुआत भयो ।
०४६ को जनआन्दोलनको सफलतापछि सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसले स्पष्ट बहुमत पायो । ०४८ मा कांग्रेसका महामन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार बन्यो । तर संसद् अधिवेशन सुरु हुने बित्तिकै तत्कालिन एमालेले आन्दोलनको ज्वारभाटा उराल्यो ।
संंसद् अवरुद्ध गर्ने मात्र नभई सडकका रेलिङ र भौतिक संरचना भत्काउने काम हुन थाल्यो । निजामती कर्मचारी उचालेर देशव्यापी आन्दोलन गरियो । यसको सूत्रधार थिए बामदेव । बामदेवलाई थाहा थियो – सत्तामा नगएसम्म केही हुनेवाला छैन । कांग्रेसको बहुमतको सरकार भएकाले सत्ता हत्याउने अनुकुल अवस्था थिएन ।
तर वामदेव भने निरन्तर सत्ता प्राप्त गर्ने अभियानमा खटिएका थिए । कांग्रेस भित्रको ३६ र ७४ को विभाजनलाई मलजल गर्ने काम बामदेवले थाले । कांग्रेसकै ३६ से समूहलाई उचाल्ने र सकेको सहयोग गर्ने काम बामदेवमार्फत एमालेले गरेको थियो । यसका लागि बामदेवले विराटनगरका उमेश गिरीलाई प्रयोग गरे । कोइराला निवास निकट उनी कालान्तरमा कोइरालाकै धमिरा बने ।
त्यसैको बलमा संसद्मा पेश भएको सरकारको नीति तथा कार्यक्रम असफल गरियो । बाध्य भएर गिरिजाप्रसादले संसद् विघटन गरी मध्यावधि चुनावको घोषणा गरे । हो , बामदेवले चाहेकै त्यही थियो । नभन्दै मध्यावधि चुनावमा कांग्रेस भित्रको विभाजनले एमाले सबैभन्दा ठूलो पार्टीका रुपमा उदायो । त्यसपछि मनमोहन अधिकारीको नेतृत्वमा एमालेले अल्पमतको सरकार बनायो । उपप्रधान तथा रक्षामन्त्रीको जिम्मेवारी पार्टी महासचिव रहेका माधवकुमार नेपाललाई दिइयो । बामदेव सरकारमा गएनन् । उनी कार्यवाहक महासचिवको जिम्मेवारी सम्हाल्न पुगे ।
यसपछि त बामदेव एमाले भित्र मात्र होइन बाहिर समेत शक्तिकेन्द्र बने । पार्टीमा उनकै हालीमुहाली भयो । त्यसताकाको एमाले पार्टी निर्णय अनुसार मात्र चल्थ्यो । अर्थात बामदेव जे निर्णय गर्थे , त्यही हुन्थ्यो । मनमोहन त देखावटी कार्यकारी मात्र थिए । वास्तविक कार्यकारीको भूमिकामा बामदेव पुगे । यसैबीच कांग्रेसले एमाले विरुद्ध संसद्मा अविश्वास प्रस्ताव दर्ता ग¥यो । लगत्तै मनमोहनले संसद् विघटनको सिफारिश गरे । राजा वीरेन्द्रले स्वीकार गरे ।
त्यसविरुद्ध कांग्रेस सर्वाेच्च अदालत गयो । सर्वाेच्चले एमालेको अत्पमत सरकारले गरेको विघटन गैर संवैधानिक भन्दै खारेज गरिदियो । त्यो घटनाले एमाले अझै आक्रोशित बन्यो । ससंद् नै वहिष्कार गर्नेसम्मको धम्की दियो । साथै सडक आन्दोलनका नाममा तोडफोड र आतंक मच्चाउने काम ग¥यो ।
बामदेव पनि फुरुङ भएका छन् । उनले आफू निकटहरुको भेला गराई अब पुनः ओलीलाई साथ दिने जनाउ दिइसके । एकैछिनमा फुरुङ्ग अनि छिनमै आक्रोशित हुने केटाकेटी स्वभावका बामदेवलाई अझै खुशी पार्न ओली गुट लागिरहेको छ । आगामी मंसिरमा हुन गईरहेको उपनिर्वाचनमा कास्कीबाट लड्न ओलीले ललिपप दिईसकेका छन् ।
अब बामदेवको भूमिका अझै थपियो । कांग्रेसका तर्फबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवा नेतृत्वको सरकार गिराउन उनको खेल डरलाग्दो हुन थाल्यो । देउवाको कार्यशैली उत्ताउलो र एकांकी बन्न लागेपछि गिरिजा स्वयं असन्तुष्ट थिए । त्यसको भरपूर फाइदा बामदेवले उठाए । उही उमेश गिरी प्रयोग गरी देउवा विरुद्धको अविश्वास प्रस्तावका बेला दुई जना कांग्रेसी सांसद् अनुपस्थित गराइयो । यो काम गर्न एमालेले बामदेवमार्फत दशौं करोड रुपैयाँ लगानी ग¥यो । बामदेवको शव्दकोषमा अनैतिकता र सदाचार भन्ने शव्दै रहेन ।
सांसद् खरिदबिक्रीको इतिहास नै रचियो । सांसद्लाई भेडाबाख्रा जस्तो थुन्ने , अश्लिल चलचित्र देखाउने जस्ता कुकृत्य गरिए । सांसद् लुकाउन बैंकक लैजाने संस्कार बामदेवले नै सुरु गरे । बामदेवको डिजाइनमा पहिलो पटक जनआन्दोनबाट अस्वीकृत पूर्वपञ्चहरुलाई प्रधानमन्त्री पद किस्तीमा राखेर पेश गर्ने परम्परा थालियो । बामदेवले लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाएर आफू उप तथा गृह मन्त्रीको जिम्मेवारीमा बसे । त्यसपछि त नेपाली राजनीतिमा हुने नहुने सबै थिति बेथितिको सुरुआत भयो ।
उनले प्रहरी प्रशासनमा राजनीतिकरण सुरु गरे । त्रिभुवन विमानस्थलबाट खुलेआम सुनको तस्करी चलाए । यसैक्रममा उनको पार्टी र सरकारमा दादागिरी बढ्न थाल्यो । त्यसबाट केपी ओली , माधव नेपाल, प्रदीप नेपाल , ईश्वर पोखरेलहरु हच्किए । अनि बामदेवको प्वाँख काट्न लागे ।
बामदेव पनि कसैलाई किन पो टेर्थे । अति गरेपछि मैनाली दाजुभाईलाई साथमा लिएर एमाले नै फुटाली दिए । नेकपा माले गठन भयो । बामदेव गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गठित सरकारमा सामेल भए । त्यही सरकारले ०५६ सालमा आम निर्वाचन गरायो । नेपाली कांग्रेसले फेरि बहुमत पायो । एमाले दोस्रो शक्ति बन्यो । तर बामदेवको माले भने शून्यमा बिलायो । त्यसले बामदेवको छटपटाहट थपियो । अनि फेरि पुरानै घर फर्के एमालेकर्मी भएर । एमाले प्रवेशपछि उनको महत्वकांक्षा अझै चुलिएको छ ।
एमाले भित्र एउटा शक्तिका रुपमा रहेका बामदेवलाई प्रयोग गर्न जान्नेले धेरै फाइदा उठाए । त्यसरी फाइदा उठाउनेमा केपी ओली प्रमुख हुन् । उनले पार्टीको नवौं महाधिवेशनमा बामदेवको साथ र समर्थन लिएर माधव नेपाललाई पछारे । लगत्तै पार्टी संसदीय दलको चुनावमा पनि बामदेवकै आडमा ओलीले झलनाथ खनाललाई पराजित गरे । त्यसपछि ओलीको सबैभन्दा प्रिय र विश्वासिला पात्र बने बामदेव । तर पछिल्लो कालखण्डमा बामदेव धेरै चल्बलाउन थालेको अनुभूति ओली खेमाले ग¥यो । त्यसैको परिणाम स्वरुप देशैभर एमाले जित्दै गर्दा बामदेव भने बर्दियाबाट पछारिए ।
तर बामदेव जसरी पनि संसद् भित्र पस्न चाहन्थे । ओली भने बामदेवको संसद् प्रवेश आफ्ना लागि घातक हुने विश्वासमा रहे । त्यसैले गर्दा बामदेवले लाख कोशिश गर्दा पनि उनलाई उपनिर्वाचनमार्फत संसद् आउने बाटो खोलिएन । अनि बल्ल बामदेव ओलीसँग टाढिए ।
बामदेवको पछिल्लो गतिविधिले प्रचण्ड र माधवको भने टाउको दुख्न थालेको छ । बामदेवलाई कसरी ओलीबाट टाढै राख्ने भन्ने ध्याउन्नमा दुबै नेता रहेका छन् । यसबारे प्रचण्ड र नेपालबीच दुई चरण गम्भिर छलफल भइसकेको छ ।
ओलीलाई तह लगाउन उनले कहिले प्रचण्डसँग त कहिले माधव नेपालसँग उठबस बढाए । ओली पनि सबैतिरबाट चौतर्फी आक्रमण हुन थालेपछि प्रतिरक्षात्मक भूमिकामा पुगे । मूर्ख स्वभावका बामदेवलाई फकाउन गाह्रो छैन भन्ने राम्रो जानकारी ओली पक्षलाई थियो । अनि उनको समूह त्यही अभियानमा लाग्यो ।
पार्टीको शक्तिशाली विभागका रुपमा रहेको संगठन विभागको नेतृत्व नै सुम्पिन तयार भए । बामदेव पनि फुरुङ भएका छन् । उनले आफू निकटहरुको भेला गराई अब पुनः ओलीलाई साथ दिने जनाउ दिइसके । एकैछिनमा फुरुङ्ग अनि छिनमै आक्रोशित हुने केटाकेटी स्वभावका बामदेवलाई अझै खुशी पार्न ओली गुट लागिरहेको छ । आगामी मंसिरमा हुन गईरहेको उपनिर्वाचनमा कास्कीबाट लड्न ओलीले ललिपप दिईसकेका छन् ।
दिवंगत रविन्द्र अधिकारीको रिक्त सांसद् पदका लागि त्यहाँ उप निर्वाचन गर्न मिति तय भइसकेको छ । बामदेवले अहिले हरियो झण्डा नदेखाएको भए पनि उनको स्वभाव अनुसार अन्ततः स्वीकार्ने विश्वास ओली पक्षधरको रहेको छ । बामदेवको पछिल्लो गतिविधिले प्रचण्ड र माधवको भने टाउको दुख्न थालेको छ । बामदेवलाई कसरी ओलीबाट टाढै राख्ने भन्ने ध्याउन्नमा दुबै नेता रहेका छन् । यसबारे प्रचण्ड र नेपालबीच दुई चरण गम्भिर छलफल भइसकेको छ । के गर्ने भन्नेबारे अहिल्यै निश्कर्षमा भने पुगेको अवस्था छैन ।
प्रधानमन्त्री ओली भोलि सोमबार सिंगापुरबाट फर्केपछि कस्तो रणनीति बनाउँछन् , सोही अनुसार अघि बढ्ने सोचमा प्रचण्ड र नेपाल रहेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५२ घाइते
बैशाख ७, २०८१ शुक्रबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार