मुक्तकमलरीको भवन निर्माण
नेपालबहस संवाददाता
साउन २७, २०७६ सोमबार १४:०:१६
घोराही । मुक्तकमलरीले झण्डै रु एक करोडको लगानीमा आफ्नै भवन निर्माण गरेका छन् । नेपाल सरकार तराई मधेश समृद्धि कार्यक्रमअन्तर्गत ८० लाख, मुक्तकमलरी विकास मञ्चको रु आठ लाख ८८ हजार लागत र मुक्तकमलरी विकास मञ्चको आन्तरिक कोषबाट रु आठ लाख ३८ हजार गरी कूल रु ९७ लाख २७ हजार ७१ मा साढे तीन तले भवन निर्माण गरिएको मुक्तकमलरी विकास मञ्चका अध्यक्ष सुनिता चौधरीले जानकारी दिए ।
घोराही उपमहानगरपालिका–१७ चौघेरास्थित निर्माण गरिएको साढे तीन तले घर एक कार्यक्रम गरी आइतबार औपचारिकरुपमा उद्घाटन गरिएको छ । भवनको उद्घाटन पूर्वकमलरी एवं नेकपा सङ्घीय संसदीय दलकी सचेतक शान्ता चौधरीले गरेका हुन् ।
भवनको उद्घाटन गर्दै सचेतक चौधरीले भवनलाई मुक्तकमलरीको आत्मनिर्भतासँग जोड्नुपर्ने बताए । उनले भवनमात्र ठूलो भएर मुक्तकमलरीको जीवन परिवर्तन नहुने भन्दै मुक्तकमलरीले आफ्नो जीवन परिवर्तन गर्नका निमित्त पहिला शिक्षा आर्जनमा जोड दिनुपर्ने विचार व्यक्त गरे ।
कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले मुक्तकमलरीले नवनिर्मित भवनलाई सही सदुपयोग गरेर मुक्तकमलरीको भविष्यसँग जोडेर कार्यक्रम सञ्चालन गर्न सुझाव दिए । उनले कमलरीलाई चाहेअनुसारको सीप दिन तयार रहेको जानकारी पनि दिए ।
यसैगरी युथ फाउण्डेशन नेपालका कार्यकारी निर्देशक राजु धमलाले आफूहरुले मुक्तकमलरीलाई उद्धार, पुनःस्थापना र उनीहरुको जीविकोपार्जनसँगै विभिन्न प्राविधिक शिक्षामा सहयोग गर्दै आएको जानकारी गराए ।
कार्यक्रममा भवन निर्माणमा महत्वपूर्ण भूमिका खेलको भन्दै सङ्घीय सांसदद्वय शान्ता चौधरी, मेटमणि चौधरी, घोराही उपमहागरपालिका, घोराही– १७ का वडा कार्यालय, पत्रकार सन्तोष दहितलाई कदरपत्र दिइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
एसएसपी अधिकारी सशस्त्रको डीआईजीमा सिफारिस
चैत १६, २०८० शुक्रबार
चैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा
चैत १६, २०८० शुक्रबार
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
सिद्धि हाइड्रो कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार