साढे दुई लाखसहित ४० जना जुवाडे पक्राउ
Advertisement

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले दुई दिनमा विभिन्न चार स्थानबाट जुवा खेली रहेको अवस्थामा ४० जना जुवाडेलाई पक्राउ गरी दुई लाख ५८ हजार ३२० नगदसमेत बरामद गरेको छ ।

पोखरा महानगरपालिका–५ पस्र्याङस्थित विमला श्रेष्ठको घरमा डेरा गरी बस्ने कमला रानाभाटको कोठाबाट चार बुक तास, आठ जना व्यक्तिसहित रु एक लाख २१ हजार १४० र पोखरा–८ नागढुङ्गास्थित नीरज होटलबाट जुवातास खेली रहेको अवस्थामा सात जना र रु ६२ हजार ८३५ पक्राउ गरेको प्रहरीले जनाएको छ ।

त्यसैगरी पोखरा ३२ भैmरीचोकस्थित रामराज पौडेलको गोठबाट ११ जना र नगद रु ३२ हजार ८१५ र पोखरा १६ दीपस्थित दुर्गा घलेको घरमा अवैध जुवातास खेलाई रहेको गोप्य सूचनाको आधारमा आठ जनासहित रु २५ हजार २०० र पोखरा १० रामबजार होटल पर्वतबाट ३६ हजार ३३० र छ जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए ।

Advertisement
Advertisement
अघिल्लो लेखजथाभावी पार्किङ गर्ने ३९ हजार सवारीसाधन कारवाहीमा
अर्को लेखभारतमा भिषण बाढी, मृत्यु हुनेको संख्या १ सय ६८ पुग्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल https://www.youtube.com/channel/UC1g7sQeuhWB-EHILhd_ZS7Q/ पनि सञ्चालनमा छ । नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन । देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here