तरकारीको मूल्य घटेपछि उपभोक्तालाई राहत
नेपालबहस संवाददाता
साउन २७, २०७६ मंगलबार ५:३०:१४
अन्जना पराजुली
विराटनगर । बजारमा तरकारीको मूल्य घटेपछि उपभोक्तालाई राहत मिलेको छ । एक महीना अघि तरकारीको मूल्यमा एक्कासी वृद्धि भएपछि उपभोक्ता मारमा परेका थिए ।
अत्यधिक वर्षासँगै बाढी आएपछि तरकारी नष्ट भएको थियो । तरकारी नष्ट भएसँगै मूल्य वृद्धि भएपछि यहाँका बासिन्दाको दैनिक जीवन प्रभावित बनेको थियो ।
प्रदेश नं १ को राजधानी विराटनगरमा अहिले हरियो तरकारीको मूल्य घटेको छ । स्थानीय रुपमै उत्पादन भएपछि बजारमा हरियो तरकारी सहज रुपमा उपलब्ध हुनुका साथै सस्तोमाका खरीद बिक्री भइरहेको यहाँका व्यापारी बताउछन् ।
विराटनगरस्थित गुद्री तरकारी बजारका व्यापारी बजरङ्ग गुप्ता अरु तरकारीको मूल्य घटेपनि आलु र प्याजको मूल्यमा कमी नआएको बताउछन् । “पुरानो आलु भारतबाट आयात गर्दैआएका छौँ, नयाँ आलु स्थानीय उत्पादन हो”, उनले भने । अहिले बजारमा पुरानो आलु प्रतिकिलो रु ४० मा तथा नयाँ आलु प्रतिकिलो रु ६० मा खरीद बिक्री भइरहेको छ ।
यस्तै स्थानीय बजारमा गोलभेँडा प्रतिकिलो रु ७० मा बिक्री भइरहेको छ । एक महीना अघि बाढी आउँदा गोलभेँडाको मूल्य प्रतिकिलो रु १४० पुगेको थियो । अहिले भिन्डीको मूल्य रु १०० बाट घटेर रु ६० पुगेको छ । प्याजको मूल्य यथावत छ । अहिले प्याज प्रतिकिलो रु ५० मा बिक्री भइरहेको छ ।
गाजरको मूल्य प्रतिकिलो रु २०० बाट घटेर रु १५०, मूला प्रतिकिलो रु १५० बाट रु १२०, तिते करेला प्रतिकिलो रु १२० बाट रु ९०, घिरौला प्रतिकिलो रु ८० बाट रु ५० तथा लौकाको मूल्य प्रतिकिलो रु ५० बाट घटेर रु ३५ पुगेको छ ।
यस्तै बोडीको मूल्य प्रतिकिलो रु १२० बाट रु ८०, सिमी प्रतिकिलो रु १४० बाट रु १००, पर्वल प्रतिकिलो रु १२० बाट रु ८० र भन्टाको मूल्य प्रतिकिलो रु १०० बाट घटेर रु ७० भएको छ । मूल्य घटेपछि तरकारीको खरीद बिक्री बढेको व्यापारीहरु बताउछन् । “लगभग सबै तरकारीको मूल्य घटेको छ, व्यापार ह्वात्तै बढेको छ”, तरकारी व्यापारी राम चौधरीले भने । बजारमा हरियो तरकरी सहजै आपूर्ति भइरहेको छ ।
मूल्य घटेपछि हरियो तरकारी दिनहुँ किन्ने गरेको स्थानीय उपभोक्ता रमा भण्डारीले बताए । “तरकारीको मूल्य घटेपछि राहत मिलेको छ, तरकारी किन्न कन्जुस्याइँ गर्नु परेको छैन”, उनले भने । यस्तै विराटनगरकी मेनुका साह एक महिना अघि पाउमा खरीद गर्ने गरेको तरकारी किलोका दरले किन्न थालेको बताउछन् । चाडपर्व नजिकिँदा तरकारीको मूल्य घटेकामा उनले खुशी व्यक्त गरे । अर्की गृहणी रन्जु दाहाल भन्छन्,, “एक महीना अघि रु पाँच सयको तरकारी दुई दिन पनि पुग्दैनथ्यो, अहिले मूल्य घटेपछि घरखर्च चलाउन सजिलो भएको छ ।”
विराटनगरस्थित थोक तथा खुद्रा बजारमा बिक्रीका लागि राखिएको भिन्डी, गेनारी साग, फर्सीको मुन्टा, परवल, करेला, बोडीलगायत तरकारी मोरङको कदमाहा, नयाँ बजार, हरैचा, सुनसरीको देवानगञ्जलगायत ठाउँबाट ल्याउने गरिएको छ । मूला, गोलभेँडा, धनियाँ, रायो, स्कूस र काउली धनकुटाको हिले र सिधुवाबाट व्यापारीले खरीद गरेर ल्याउने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन
बैशाख १०, २०८१ सोमबार
अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो: अर्थमन्त्री पुन
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार