चरणबद्ध आन्दोलनबाटै लोकसेवा विज्ञापनको खारेजी
नेपालबहस संवाददाता
साउन २८, २०७६ मंगलबार १७:१७:४
काठमाडौं । लोकसेवा आयोगले निकालेको विज्ञापनप्रति असन्तृष्ट जनाउँदै दलित विद्यार्थीहरुले चरणबद्ध आन्दोलनबाटै विज्ञापनको खारेजी गर्ने बताएका छन् ।
सबै राजनीतिक दलसँग आबद्ध विद्यार्थी नेताहरुले दलित आन्दोलनका अगुवालाई सहित आन्दोलनमा उपस्थिति गराउने र आन्दोलनबाट विज्ञापनको खारेजी गराउने जिकिर गरेका हुन् ।
शनिबार दलित विकास समितिको सभाहलमा आन्दोलनका अगुवासहित दलित विद्यार्थीहरुले आन्दोलनको मागचित्र बनाउनुको साथै आजै ४ बजे माइतीघरमा विरोधसभासमेत गर्ने उनीहरुले बताएका छन् ।
नेपालको संविधान २०७२ को धारा ३८ ९४०, ४० ९१०, ४२ ९१० र धारा २८५ ले प्रत्याभूत गरेको महिला, दलित, मधेसी, थारु, जनजाति, मुस्लिम, पिछडिएका वर्ग, क्षेत्रसमेतलाई राज्यको निकायमा समानुपातिक समावेशी हुन पाउने अधिकारलाई लोकसेवा आयोगको पछिल्लो विज्ञापनले पूर्णरूपमा बेवास्ता गरी लत्याएको उनीहरूले बताएका छन् ।
संविधानमा उल्लेख गरेको समावेशी, समानुपातिक प्रणालीलाई बेवास्ता गर्दै न्यूनतम मापदण्ड पनि अवलम्बन नगरी पदपूर्ति गर्न खोजिएको भन्दै उक्त विज्ञापन खारेज नभएसम्म सशक्त आन्दोलन गर्ने संयुक्त दलित विद्यार्थी सङ्घर्ष समिति नेपालको संयोजक मदन भूलले बताए।
लोकसेवा आयोगले जेठ १५ गते निकालेको निजामती कर्मचारीको रिक्त पदपूर्तिका लागि कर्मचारी भर्ना गर्ने विज्ञापनमा दलित समुदायलाई बेवास्ता गरी समानुपातिक तथा समावेशी व्यवस्थाले दलित आन्दोलनको उपलब्धिसमेत गुमेको हुँदा सबै एक भएर आन्दोलनमा उत्रिनुपर्ने नेविसङ्घ नेता पवन नेपालीले बताए ।
सबै राजनीतिक दलसँग आवद्ध दलित विद्यार्थी नेताले एकजुट भएर आन्दोलनमाबाटै संविधानले दिएको अधिकारलाई लोकसेवा आयोगबाट खोसिएको अधिकारलाई स्थापित गराउने अखिल क्रान्तिकारीका राम नेपालीले बताए ।
लोकसेवा आयोगको यस कार्यको विरुद्ध चरणवद्ध आन्दोलन गर्ने चेतावनीस्वरुप मधेसी विद्यार्थी र दलित विद्यार्थी नेताहरुको संयुक्त प्रयासमा विरोध प्रदर्शन यसअघि पनि गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविपिन जोशीको रिहाईको पहल गरिदिन कतारी अमिरलाई राष्ट्रपति पौडेलको आग्रह
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, राजनीतिक घटनाक्रमको विषयमा छलफल
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेल र कतारी राजाबीच भेटवार्ता, साझा मुद्दामा सहकार्य गर्न कतारलाई आग्रह
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार