चन्द्रा नमूना माध्यमिक विद्यालयको भवन निर्माणमा गुणस्तरहिन सामग्री प्रयोग भएपछि काम राेकियाे
नेपालबहस संवाददाता
साउन २८, २०७६ मंगलबार १८:१८:२४
२८ साउन, राजविराज । ल्याब परीक्षण नगरिएका निर्माण सामग्री प्रयोग गरी चन्द्रा नमूना माध्यमिक विद्यालयको भवन निर्माण काम भइरहेको छ । सप्तरीको बोदेबरसाइन नगरपालिका ५ बरसाइन बजार क्षेत्रमै निर्माण भइरहेको नमुना विद्यालय भवनमा कमसल सामानकाे प्रयाेग भएकाे पाइएपछि स्थानीयले विरोध गरेका छन् । स्थानीयकाे विराेधका कारण एकसातादेखि काम रोकिएको छ ।
नमूना विद्यालय निर्माण योजना अन्तर्गत विशेष प्राथमिकतामा परेको यस नमूना विद्यालय निर्माणको प्रारम्भिक चरणमै गुणस्तरहीन काम भइरहेको थाहा पाएपछि स्थानीयवासीले कडा विरोध जनाएपछि काम रोकिएको हो । स्थानीयवासी तथा भ्रष्टाचार विरुद्धको संघर्ष समिति संयोजक इन्जिनियर आलोककुमार यादवले भूकम्परहित सो भवन निर्माण काममा छड(डण्डी) र सिमेन्टको ल्याब परीक्षण बिना मापदण्ड विपरीत गिट्टी, वालुवाको प्रयोग गरिरहेको जानकारी दिए । भवनको भुई तला ढलानको काम सुरु भएको छ । तर, प्राविधिक रुपमा पूरा गर्नु पर्ने सामान्य प्रक्रिया समेत पूरा नगरिएको उनले भने, मापदण्ड अनुसार ढलानका लागि क्रसरको गिट्टी प्रयोग गर्नु पथ्र्यो । तर, प्रयोगै गर्न नमिल्ने गिट्टी प्रयोग गरेको छ । गिट्टीको आकार तथा सिमेन्ट र बालुवाको मिश्रण नमिलाए जग नै कमजोर हुने भएकाले आफुहरुले काममा अवरोध गरेको उहाँले जानकारी दिए । निर्माण स्थलमा योजनाको सूचना बोर्ड नभेटिएपछि स्टिमेट माग्दा पनि दिएनन् ।
सो सम्बन्धमा विद्यालयका प्रधानाध्यापक गौरीशंकर चौधरीले प्राविधिक जानकारी अभावले निर्माण कार्यमा सामान्य त्रुटि भएको स्वीकार्दै त्यसलाई सच्याएर निर्माण कार्य फेरी सुचारु गर्ने जानकारी दिए । बोदेबरसाइन नगरपालिका तथा भवन निर्माणको साइड प्राविधि सबओभरसियर सत्यनारायण यादवलाई छड, सिमेन्ट, मसला (मिक्सचर) को ल्याब परीक्षण गर्न पठाएको जानकारी दिए । ल्याब परीक्षण भएर आइसकेपछि काम पुनः सुचारु हुने उनले बताए ।
सो विद्यालयलाई नमूना विद्यालयका रूपमा विकास गर्न करिब एक अर्बको पञ्चवर्षीय योजना अन्तर्गत नमूना विद्यालय व्यवस्थापन निर्देशिका अनुसार भूकम्प प्रतिरोधी, अत्याधुनिक र सुविधासम्पन्न अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको भवन निर्माण भइरहेको छ । तीन तल्लाको नौ कोठे भवन निर्माण गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सामुदायिक विद्यालय व्यवस्थापन महाशाखा मार्फत सरकारले हरेक वर्ष बजेट छुट्याउने आश्वासन पाएको प्रअ चौधरीले बताए ।
उक्त भवन निर्माणका लागि आर्थिक ०७५/०७६ मा रु. २८ लाख ५० हजार र अघिल्लो आर्थिक वर्ष एक करोड ५० लाख वजेट उपलब्ध गराइएको थियो । भवनको डीपिआर र नक्सा तयार गर्न रु. छ लाख खर्च भइसकेको बताए । डीपिआर बमोजिम बजेट प्राप्त भएमा निर्देशिकामा उल्लेख भएअनुसार प्रशासनिक भवन, शिक्षण भवन, छात्रावास, ल्याब, पुस्तकालय, सभा हल, छात्रा तथा अपाङ्गतामैत्री शौचालय, संग्रहालयलगायतका संरचना तयार हुने बताएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले डीपीआर अनुसार पूरा बजेट दिन अस्विकार गरेर स्थानीय तहमै थप बजेटको स्रोत जुटाउन भनेको प्रअले जानकारी दिंदै केन्द्रले बजेट नदिएमा तीन तल्ला नौ कोठामा सिमित हुनु पर्ने अवस्था रहेको जानकारी दिए ।
भवन निर्माण काम ठेक्का/टेण्डर प्रक्रिया मार्फत गर्नुपर्नेमा निर्माण समिति मार्फत सुरु गरिएको छ । शिक्षा विभागले विद्यालयलाई प्राप्त हुने रकम नगरपालिकाको खातामा पठाए र नगरपालिकाले पैसा दिन ढिला गरेको कारण निर्माण ठेक्का/टेण्डर प्रक्रियामा नगई समिति मार्फत गरिरहेको बताइएको छ । ठेक्काको प्रक्रियामा जाँदा धेरै समय लाग्ने र रकम फ्रिज हुने भएकोले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मृगेन्द्रकुमार सिंह यादवकै संयोजकत्वमा निर्माण समिति तयार गरी काम सुरु गरेको प्रधानाध्यापक चौधरीको कथन छ । संयोजक यादव माधव नेपाल नेतृत्वको सरकारमा कृषिमन्त्रीको जिम्मेबारी सम्हालेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन
बैशाख १०, २०८१ सोमबार
अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो: अर्थमन्त्री पुन
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार