काठ नपाएपछि आल्मुनियमका फर्निचरप्रति आकर्षण
Advertisement

लम्की । काठ पाउन मुस्किल भएपछि कैलाली जिल्लामा आल्मुनियमका फर्निचरप्रति आकर्षण बढ्न थालेको छ । काठ महँगो र किन्दा पनि पाउन गाह्रो भएपछि उपभोक्ताहरु आल्मुनियमका फर्निचरप्रति आकर्षित हुन थालेका हुन् । आल्मुनियमका फर्निचर र काठको फर्निचरमा आधा मूल्य फरक पर्छ ।

आल्मुनियमका पलङ, टेबुल, कुर्सी, स्ट्याण्ड, ह्याङ्गर सहज रुपमा पाइन्छन् । आल्मुनियमका ढोका, झ्यालसमेत निर्माण गर्न थालिएको छ । टीकापुरकी रत्ना मगरले घर निर्माण गर्दा काठ नपाएपछि आल्मुनियमकै प्रयोग गरे । “घर बनाउन थाले, काठ खोज्दा पाइएन, धेरै सामुदायिक वन धाए, काठ किन्न पनि निकै झन्झटिलो रहेछ”, मगरले भने ।

लम्कीका सुरेश शाहले पनि घर निर्माण गर्दा काठ खोज्न कठिन भएपछि आल्मुनियमको प्रयोग गरे । “काठ त सुनजस्तै महँगो भएछ । काठ प्रयोग गर्न सकिन्न”, शाहले भने, “काठभन्दा आल्मुनियम निकै सस्तो भएकाले यही प्रयोग गरियो ।”

Advertisement

“काठका फर्निचर महँगा हुन्छन् सबैले प्रयोग गर्न सक्दैनन्”, टीकापुर आल्मुनियमका सञ्चालक चक्र भाटले भने, “अहिले अधिकांशले आल्मुनियमका फर्निचर प्रयोग गर्न थालेका छन् ।” आल्मुनियमका फर्निचर निर्माण गर्दा ज्याला कम लाग्ने तर प्राविधिक कर्मचारी पाउन समस्या भएको उनले बताए ।

अहिले निर्माण भएका घरका झ्याल र ढोका ८० प्रतिशत आल्मुनियमका छन् । काठको झ्याल बनाउन १५ देखि २० हजार खर्च हुन्छ भने आल्मुनियमको बनाउँदा रु सात हजारमा तयार हुन्छ ।

“आल्मुनियमका झ्याल ढोका र फर्निचर पाउन थालेपछि आम उपभोक्तालाई सहज भएको छ”, स्थानीयवासी रघुनाथ उपाध्यायले भने । सामुदायिक वनले काठ उपलब्ध गराउन छाडेको अवस्थामा आम उपभोक्ता पनि काठ कम प्रयोग गर्ने बानी बसाल्न थालेका छन् ।

Advertisement
अघिल्लो लेखअज्ञात रोगका कारण आठ पशु चौपायाको मृत्यु
अर्को लेखबागलुङमा लाखे नाच्ने मान्छे छैनन्
नेपालबहस संवाददाता
नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल https://www.youtube.com/channel/UC1g7sQeuhWB-EHILhd_ZS7Q/ पनि सञ्चालनमा छ । नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन । देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here