हावादारी बन्दै छ नेपाल भ्रमण वर्ष
इन्द्र रिजाल
साउन २८, २०७६ बुधबार ०:११:२०
काठमाडौं । आगामी वर्ष अर्थात सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने भन्दै केपी ओली सरकार हौसिएको छ । सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने महत्वाकांक्षी लक्ष्यका साथ कार्यक्रमको उद्घाटन भइसकेको छ । २०७६ वैशाख १ गते पोखराबाट यसको औपचारिक उद्घाटन गरिएको हो ।
भ्रमण वर्ष सफल बनाउन नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज बैद्यलाई संयोजकको जिम्मेवारी सरकारले दिएको छ । अहिलेसम्म भएको जम्माजम्मी काम यत्ति हो । यत्तिका भरमा २० लाख पर्यटक ह्वारह्वार्ती ओइरिने ओलीको विश्वास छ । भ्रमण वर्ष सफल बनाउन ठोस कार्यक्रम भने सञ्चालन भएको छैन । यस प्रयोजनका लागि कुनै पूर्वाधार अहिलेसम्म तयार गरिएको देखिंदैन ।
महत्वाकांक्षी कार्यक्रम तय भएपछि तयारी पनि महत्वाकांक्षी हुनुपर्नेमा सरकार सुस्त भएको उनले आरोप लगाए । नेपाल पर्यटन बोर्डको तयारी नै फितलो छ । भौतिक पूर्वाधारको सर्वथा अभाव छ – पर्यटन व्यवसायी धरेल भन्छन् । स्तरीय सेवा दिने होटल नै थपिएका छैनन् , आउने पर्यटकलाई कहाँ राख्ने हो ? उनी प्रश्न गर्छन् ।
पर्यटन व्यावसायी हरि धरेल भन्छन् – यस्तो सुस्त गतिमा काम भइरहँदा लक्ष्य भेट्टाउन मुश्किल छ । सरकारले घोषणा गरेकै भरमा २० लाख पर्यटक भित्र्याउने कुरा संभव छैन – धरेल भन्छन् । गत फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा तत्कालिन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि यो अभियान निस्तेज भएको थियो ।
भर्खरै मात्र मन्त्रालयले योगेश भट्टराईलाई मन्त्रीका रुपमा पाएको छ । उनले जतिसुकै गरेपनि २० को लक्ष्य पूरा हुने संभावना फितलो छ । नेपाल पर्यटन बोर्डका अनुसार , सन् २०१८ मा नेपाल भित्रने पर्यटक संख्या १० लाख रहेको छ । दुई वर्ष अघि मात्र १० लाख पर्यटक आएको अवस्थामा दोब्बर बढाउने पूर्वाधार तयार भएको देखिएको छैन । अर्का पर्यटन व्यवसायी कर्ण शाक्य पनि यतिकै भरमा २० लाख पर्यटक ल्याउने कुरा हावादारी मान्छन् । तर अझै पनि तीब्र ढंगले काम गर्ने हो भने असंभव नै भनिहाल्ने अवस्था पनि नरहेको उनको तर्क छ ।
नेपालमा पर्यटन व्यवसायको ठूलो सम्भावना रहेपनि सरकारको उचित ध्यान नपुग्दा हेपिएको अवस्था रहेको उनको ठम्याई छ । महत्वाकांक्षी कार्यक्रम तय भएपछि तयारी पनि महत्वाकांक्षी हुनुपर्नेमा सरकार सुस्त भएको उनले आरोप लगाए । नेपाल पर्यटन बोर्डको तयारी नै फितलो छ । भौतिक पूर्वाधारको सर्वथा अभाव छ – पर्यटन व्यवसायी धरेल भन्छन् । स्तरीय सेवा दिने होटल नै थपिएका छैनन् , आउने पर्यटकलाई कहाँ राख्ने हो ? उनी प्रश्न गर्छन् ।
एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलको अवस्था कमजोर छ । स्तरोन्नती गर्ने भनेर काम थालेको यत्तिका समय वितिसक्दासमेत पूरा हुन सकेको छैन । एयर ट्राफिकले हैरान पारेको छ । घण्टौंसम्म विमान अकाशमा होल्ड गर्नुपर्ने अवस्था छ । वैकल्पिक विमानस्थल निर्माणमा समेत उदासिनता छ । भैरहवामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल अझै सञ्चालनमा आउन सकेको छैन । यस्तो अवस्थामा हवाई मार्गबाट आउने पर्यटक संख्या कसरी बढ्ला ? धरेलको प्रश्न छ ।
जसमा सन् २०२० मा चीनबाट तीन लाख ३५ हजार पर्यटक भित्रने उल्लेख गरिएको छ । सन् २०१८ मा चीनबाट नेपाल आउने पर्यटक संख्या एक लाख ६६४ मात्र रहेको तथ्याङ्क रहेको पाइन्छ । यस्तै तेस्रो प्रमुख पर्यटक भित्रने मुलुकमा अमेरिका राखिएको छ । बोर्डले गरेको अनुमान अनुसार , सन् २०२० मा अमेरिकाबाट ९९ हजार ५०५ पर्यटक नेपाल आउने छन् । सन् २०१८ मा यसरी नेपाल आउने अमेरिकीको संख्या जम्मा १९ हजार ७८५ रहेको पाइन्छ ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम शिथिल बन्दै छ । एक त ठूला जहाज नै कम छन् , भएका पनि ग्राउण्डेड छन् ।आर्थिक रुपमा चरम घाटामा गएकाले बैंक तथा वित्तिय संस्थाले ऋण समेत पत्याउने अवस्था छैन । प्रधानमन्त्री ओलीले गएको महिना निगमलाई बिना आधार लगानी गर्न नसकिने बताईसकेका छन् । युरोपेली मुलुकले नेपाली उडानलाई कालोसूचीबाट हटाएको छैन । यस्तो अवस्थामा नेपाल आउने पर्यटकको संख्या कसरी बढाउने ? प्रश्न गम्भिर छ ।
२० लाख पर्यटक भित्र्याउन सकिने भरपर्दाे आधार नभएपनि नेपाल पर्यटन बोर्ड भने खयाली पुलाव पकाएर बसेको छ ।बोर्डका कार्यकारी प्रमुख दीपक जोशी भन्छन् – हामीले धेरै काम गरिसकेका छौं । अब अन्तिम चरणको तयारी गरे पुग्छ ।तर कस्तो काम भएको छ , त्यो भने उनले खुलाएनन् । बरु भारत, चीन, श्रीलंका र अमेरिकाबाट नेपाल आउने पर्यटक संख्या उल्लेख्य रुपमा बढ्ने उनको दावी छ ।
उनको भनाईमा सन् २०१९ मा नै नेपाल आउने पर्यटक संख्या १५ लाख पुग्ने छ । तर यसको आधार भने उनले दिएनन् । तर सन् २०२० मा भारतबाट चार लाख पर्यटक भित्रने उनको दावी छ । सन् २०१८ मा भारतबाट नेपाल आउने पर्यटक संख्या दुई लाख ४३८ रहेको बोर्डको वेबसाइटमा देखिन्छ । यसैगरी चीनबाट पनि आउने पर्यटक संख्या बढ्ने अनुमान बोर्डले गरेको छ ।
बोर्डले गरेको अनुमान अनुसारको पर्यटक भित्रने आधार भने केही दिइएको छैन । यसरी हचुवाका भरमा गरिएको अनुमानले लक्ष्य पूरा हुने अवस्था देखिंदैन । खासगरी युरोपसँगको कनेक्टिभिटी सहज नभएसम्म नेपाल आउने पर्यटक संख्या बढ्ने बलियो आधार तयार हुन सक्दैन । साथै सरकारले भर्खरै भिसा शुल्कमा गरेको बृद्धिले समेत पर्यटक आकर्षित गर्ने स्थिति रहँदैन ।
बोर्डको वेबसाइटमा पनि यसबारे अनुमान गरिएको छ । जसमा सन् २०२० मा चीनबाट तीन लाख ३५ हजार पर्यटक भित्रने उल्लेख गरिएको छ । सन् २०१८ मा चीनबाट नेपाल आउने पर्यटक संख्या एक लाख ६६४ मात्र रहेको तथ्याङ्क रहेको पाइन्छ । यस्तै तेस्रो प्रमुख पर्यटक भित्रने मुलुकमा अमेरिका राखिएको छ । बोर्डले गरेको अनुमान अनुसार , सन् २०२० मा अमेरिकाबाट ९९ हजार ५०५ पर्यटक नेपाल आउने छन् । सन् २०१८ मा यसरी नेपाल आउने अमेरिकीको संख्या जम्मा १९ हजार ७८५ रहेको पाइन्छ ।
उता, श्रीलंकाकको अवस्था पनि उस्तै देखिएको छ । बोर्डले गरेको अनुमान भन्छ– नेपाल भ्रमण वर्षमा श्रीलंकाबाट एक लाख दुई हजार पर्यटक आउने छन् । जबकी सन् २०१८ मा नेपाल आएका श्रीलंकनको संख्या केवल ७० हजार ६१० जना रहेको छ । बोर्डले गरेको अनुमान अनुसारको पर्यटक भित्रने आधार भने केही दिइएको छैन । यसरी हचुवाका भरमा गरिएको अनुमानले लक्ष्य पूरा हुने अवस्था देखिंदैन । खासगरी युरोपसँगको कनेक्टिभिटी सहज नभएसम्म नेपाल आउने पर्यटक संख्या बढ्ने बलियो आधार तयार हुन सक्दैन । साथै सरकारले भर्खरै भिसा शुल्कमा गरेको बृद्धिले समेत पर्यटक आकर्षित गर्ने स्थिति रहँदैन ।
सबैभन्दा महत्वपूर्ण पक्ष भनेको शान्ति सुरक्षाको भरपर्दाे आधार हुनुपर्छ । तर नेकपा विप्लवलगायत केही राजनीतिक समूहको आडमा हुने आतंकले पनि पर्यटक आवागमन प्रभावित हुने देखिन्छ । यस्तै सडकको दूरावस्था, स्तरीय बसोबासको अभाव र नयाँ नयाँ ट्रेक रुटको कमीले पनि पर्यटक भित्रने संभावना झिनो देखिएको छ । ओली सरकार नेपाल भ्रमण वर्षका नाममा कार्यकर्ता पोस्ने तयारीमा मात्र रहेको स्पष्ट देखिएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
एसएसपी अधिकारी सशस्त्रको डीआईजीमा सिफारिस
चैत १६, २०८० शुक्रबार
चैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा
चैत १६, २०८० शुक्रबार
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
सिद्धि हाइड्रो कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार