हङ्कङ तनाव : चीनले प्रत्यक्ष हस्तक्षेप गर्न सक्ने आशङ्का
नेपालबहस संवाददाता
साउन २९, २०७६ बुधबार १७:४७:२१
२९ साउन, एजेन्सी । हङ्कङमा केही दिनदेखिको विरोध हड्तालले पूरै सहर अस्तव्यस्त भएको छ। प्रजातन्त्रसमर्थक प्रदर्शनकारीहरूले लगातार २ दिन सम्म विमानस्थलमा उडान ठप्प पारेपारे पनि आजबाट हङ्कङ विमानस्थल पुन: सञ्चालनमा आएको समाचार एजेन्सी बिबिसीले उल्लेख गरेको छ ।
मंगलबार मध्यरातमा सुरक्षाकर्मी र धर्नामा बसेका प्रदर्शनकारीबीच मुठभेड भएको छ । एशियाको सबैभन्दा व्यस्तमध्येको एक हङ्कङ विमानस्थलमा चेक इन पूरै स्थगित हुँदा यात्रुलाई सास्ती भएको छ ।
विमानस्थमा रहेका प्रदर्शनकारीहरूले प्रहरीलाई भित्र आउन नदिन बाटो थुनिदिएका थिए। आफुहरुले शान्तिपूर्ण सुरक्षा दिन जाँदा पनि बाटो छेकेपछि झडप भएको समाचारमा उल्लेख छ ।
यसबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी गुप्तचर निकायले हङ्कङको सीमातर्फ चिनियाँ सेना अघि बढिरहेको जानकारी दिएको बताएका छन्।
चिनियाँ सरकारले प्रदर्शनकारीहरूको चर्को आलोचना गरेको छ। कतिपयले कतै चीनको धैर्य टुट्ने र उसले प्रत्यक्ष कारबाही गर्ने हो कि भन्ने आशङ्का गरेका छन् । तर बेइजिङसँग हस्तक्षेपका लागि कस्ता कानुनी विकल्प छन् र के उसले साँच्चिकै हङ्कङमा सैनिक कारबाही गर्ला त ?
सैनिक बल प्रयोग भए पनि नभए पनि हङ्कङको भूभागमा प्रजातन्त्रवादीहरूलाई हतोत्साही पार्न चिनियाँ सेनाले मार्चपा गरेको तस्बिर उक्त क्षेत्रका निम्ति घातक हुन सक्छ। त्यसले हङ्कङको अर्थतन्त्र अस्थिर बनाइदिन र अन्तर्राष्ट्रिय आलोचना निम्त्याउन सक्छ।
सन् १९९७ यता हङ्कङमा चिनियाँ जनमुति सेनाका झन्डै पाँच हजार सैनिक छन्। चीन अध्येता एडम नीले भनेका छन्, हङ्कङस्थित चिनियाँ सेनाको ग्यारिसन केवल चीनको सार्वभौमिकताको प्रतीकको रूपमा राखिएको छ।
हालसम्म चीनको हङ्कङसम्बन्धी उच्च नीति निर्माता कार्यालयले प्रहरीले नै स्थिति नियन्त्रण गर्नेमा विश्वास प्रकट गरिरहेको छ। तर सो कार्यालयका प्रवक्ताले प्रदर्शनकारीहरूलाई चेतावनी दिँदै आगोसँग खेल्नेहरू त्यसैमा खरानी हुने बताएका थिए।
सैनिक हस्तक्षेपका अतिरिक्त चीनले राजनीतिक दबाव तथा प्रदर्शनकारीहरूलाई व्यक्तिगत निसानामा पार्ने जस्ता कार्य पनि गर्न सक्नेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमोदी र गान्धीलाई आचारसंहिता उल्लघंन गरेको आरोपमा नोटिस जारी
बैशाख १३, २०८१ बिहिबार
जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन
बैशाख १३, २०८१ बिहिबार
दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
विद्यार्थी घट्दै गएपछि विद्यालय समायोजन गर्दै पालिका
बैशाख १३, २०८१ बिहिबार
धाराको मुहान सुक्दा पानीको दुःख झेल्दै
बैशाख १३, २०८१ बिहिबार
खानेपानीको ट्याङ्की निर्माण
बैशाख १३, २०८१ बिहिबार
जल उद्वारसम्बन्धी कृतिम अभ्यास
बैशाख १३, २०८१ बिहिबार
निर्माणाधीन पदमार्ग पर्खाल
बैशाख १३, २०८१ बिहिबार
मोदी र गान्धीलाई आचारसंहिता उल्लघंन गरेको आरोपमा नोटिस जारी
बैशाख १३, २०८१ बिहिबार