तिलानदीमा काठेपुल निर्माण
Advertisement

२९ साउन, सुर्खेत । साउन १९ गते तिलानदीमा आएको बाढीले बगाएको हाँकु र लाम्रागाउँ जोड्ने पुल स्थानीयवासीले आफ्नै श्रमदानमा निर्माण गरेका छन् ।

तातोपानी गाउँपालिका–४ र ५ वडाका स्थानीयवासीले सयौँ वर्ष आयु भएको शक्तिशाली देवदार रुख प्रयोग गरेर काठेपुल बनाएका हुन् । पुल बगाउँदा असहज स्थिति सिर्जना भएपछि हाँकु र लाम्रागाउँका करीब पाँच हजार जनसङ्ख्याको आवतजावत गर्नका लागि तत्काल काठेपुल निर्माण गरिएको लाम्रागाउँ निवासी हरिगोपाल चौलागार्इंले राससलाई जानकारी दिए ।

बाढीले तीन दशकअघि निर्माण भएको काठेपुल बगाएको थियो । पुल बगाएपछि साविकको लाम्रा र हाँकु गाविसको सम्बन्ध टुटेको थियो । “पुल बग्यो, हाम्रो आवतजावतको दैनिकी बन्द भयो”, चौलागाईंले भने, “कसैसँग माग्नु र भर पर्नुभन्दा हामी आफैँ गर्न सक्छौँ भनेर दुवै गाउँवासी जुट्यौँ ।” आखिर जोखिम मोलेर भए पनि दुवै गाउँवासीको सामूहिक प्रयासले पुल निर्माण गरी आवागमन सञ्चालन गरेरै छोडिएको उनले बताए ।

Advertisement

तत्काल भू–संरक्षण तथा जलाधार कार्यालय जुम्लाले तटबन्धका लागि भनेर जाली सहयोग गरेको उनको भनाइ थियो । यता नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य पूर्णप्रसाद चौलागाईँले स्थानीय प्रशासन, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि काठको साँघु निर्माणका लागि भौतिक सहयोग गरेको बताए ।

पैसाले मात्र विकास हुन्छ भन्ने कुरा भ्रम रहेछ भन्दै केन्द्रीय सदस्य चौलागार्इँले भन्नुभयो, “इच्छाशक्ति र साझा प्रतिबद्धता अभ्यासमा उतार्दा जस्तोसुकै काम सजिलै हुन सक्दा रहेछन् भन्ने उदाहरण यो कामले देखाएको छ । यसले यहाँको समुदायको सान र स्वाभिमान दुवै उँचो बनाएको छ ।” उहाँका अनुसार स्थानीयवासीले रु छ लाख ४७ हजारको श्रमदान गरेका छन् ।

स्थानीय कमला कामीले पुल निर्माणले खुशी लागेको बताउनुभयो । तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले यो सामूहिक कामले विगतको ऐतिहासिक घटनाको याद दिलाएको बताए । आफ्नो गाउँ, समाज आफैँले निर्माण गर्न सकिन्छ र गर्नेहरूले कसैबाट पाउने आसले मर्नुपर्दैन भन्ने देखिएको छ ।

Advertisement
अघिल्लो लेखविद्यालय सञ्चालनका लागि महायज्ञ !
अर्को लेखसेन्चुरी बैंकका डेपुटी सीईओ भट्टराईकाे राजिनामा पछि ‘एसम्यान’हरुको रुवाबासी
नेपालबहस संवाददाता
नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल https://www.youtube.com/channel/UC1g7sQeuhWB-EHILhd_ZS7Q/ पनि सञ्चालनमा छ । नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन । देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here