झापामा डेङ्गु सङ्क्रमणको महामारी
Advertisement

२९ साउन, हेटौँडा । हेटौँडामा डेङ्गुले महामारीको रूप लिन थालेपछि नियन्त्रण अभियानमा आजबाट नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी सहभागी भएका छन् ।

हेटौँडाको पशुपति मन्दिर परिसरबाट ठूलो सङ्ख्यामा सर्वसाधरण, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, राजनीतिक दलका पदाधिकारी, प्रदेशसभा सदस्य, नेपाली सेना, प्रहरी तथा सशस्त्र प्रहरीका अधिकृत हेटौँडा उपमहानगरपालिकाका पदाधिकारी, नगर प्रहरीलगायत सयौँको सङ्ख्यामा स्थानीयवासी तथा सुरक्षाकर्मी बिहानैबाट लामखुट्टे नष्ट गर्ने अभियान ‘सर्च एण्ड डिस्ट्रोय’ मा सहभागी भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ महाशाखा प्रमुख सुपेन्द्र कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार हेटौँडा उपमहानगरपालिकाको वडा नं ४ मा मात्रै ६० जनालाई डेङ्गु सङ्क्रमण भएको पाइएको छ । यो सङ्ख्या जिल्लाभरिको डेङ्गु सङ्क्रमितहरूको करीब आधा हो ।

Advertisement

नियन्त्रणको प्रयासका बाबजुद पनि मकवानपुरमा डेङ्गुका बिरामीको सङ्ख्या बढ्दै गएपछि बृहत सचेतना, सरसफाइ तथा डेङ्गु सार्नसक्ने लामखुट्टेको सम्भावित बासस्थानको खोजी गरी नष्ट गरिने कार्य सञ्चालन गर्न थालेको महाशाखा प्रमुख कार्कीको भनाइ छ ।

Advertisement
अघिल्लो लेखबागलुङमा ‘आमासँग प्रहरी कार्यक्रम’ शुरु
अर्को लेखसेवा विस्तार गर्दै कर्णाली प्रदेश अस्पताल
नेपालबहस संवाददाता
नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल https://www.youtube.com/channel/UC1g7sQeuhWB-EHILhd_ZS7Q/ पनि सञ्चालनमा छ । नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन । देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here