ओली र नेपालको लडाई जारी, एकता प्रक्रियामा गम्भिर असर
Advertisement

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको बहुचर्चित एकता प्रकृया किन अवरुद्ध छ ? धेरैको बुझाईमा पार्टीको स्कूल विभागकाे नेतृत्व कस्ले लिने भन्ने’bout कुरा नमिलेकोले हो भन्ने छ । तर यथार्थ भने बेग्लै छ । पूर्व एमाले नेता एवं प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष खड्गप्रसाद ओली र पूर्व प्रधानमन्त्रसमेत रहेका वरिष्ठ नेता माधवकुमार नेपालबीच जुँगाको लडाई जारी रहेका कारण एकता प्रक्रियामा गम्भिर असर देखा परेको हो । बाहिरी रुपमा स्कूल विभागको नेतृत्व चयनमा देखिएको विवाद भएपनि भित्री कुरो भने पूर्व एमाले भित्रै चरम असन्तुष्टिका कारण रोकिएको हो ।

स्रोतका अनुसार, हिजोको बैठकमा ओलीले आफू निकट तीन जनाको नाम विभिन्न विभागको संयोजकका लागि सिफारिश गरेका थिए । जसमा मजदूर विभागको नेतृत्व आफ्ना राजनीतिक सल्लाहकार विष्णु रिमाल, युवा विभागमा अर्का पिलर महेश बस्नेत र महिला विभाग प्रमुखमा गोमा देवकोटाको नाम सिफारिश गरिएको थियो । यसमा माधवकुमार नेपाल लगायत उनी पक्षधर नेताहरुले आपत्ति प्रकट गरे ।

झण्डै एक महिनापछि आज बुधवार बस्ने भनिएको सचिवालय बैठक दिउँसो साढे १२ बजे अचानक स्थगन गरियो । सबैले अनुमान लगाए – स्कूल विभागको विवाद अझै मिलेको रहेनछ । सही कुरो चाहिं हिजो बसेको पूर्व एमाले समूहको बैठकमा अध्यक्ष ओलीको प्रस्ताव नै स्थगनको कारण रह्यो । “हिजोको बैठकमा स्कूल विभाग’bout कुरै भएन”– पूर्व एमालेका एकजना वरिष्ठ नेताले भने । “बरु प्रधानमन्त्रीले एमालेको भागमा परेको अरु विभागको संयोजकमा प्रस्ताव गर्नुभएको नाममा नेताहरुको गम्भिर आपत्ति रह्यो” – उनले भने ।

Advertisement

स्रोतका अनुसार, हिजोको बैठकमा ओलीले आफू निकट तीन जनाको नाम विभिन्न विभागको संयोजकका लागि सिफारिश गरेका थिए । जसमा मजदूर विभागको नेतृत्व आफ्ना राजनीतिक सल्लाहकार विष्णु रिमाल, युवा विभागमा अर्का पिलर महेश बस्नेत र महिला विभाग प्रमुखमा गोमा देवकोटाको नाम सिफारिश गरिएको थियो । यसमा माधवकुमार नेपाल लगायत उनी पक्षधर नेताहरुले आपत्ति प्रकट गरे । “सबै पदमा ओलीले आफ्ना हनुमानलाई मात्र राख्न खोजेकाले सहमति जुटेन” ती पोलिटव्यूरो सदस्यले भने । यस’bout थप छलफल गर्न समय चाहिने भएकाले आजको सचिवालय बैठक स्थगित भएको हो । ओलीले पनि थप गृह कार्य गर्न आफू तयार रहेको जानकारी दिएका थिए ।

नेकपा भित्र कूल ३२ विभाग छन् । जसमध्ये पूर्व एमालेको भागमा १८ र पूर्व माओवादीको लागि १४ विभाग छुट्याइएको छ । यस्ता अनेक प्रकरणले नेकपाको एकता प्रकृया भ्यागुताको धार्नी बन्दै छ । पार्टीको स्कूल विभाग नेतृत्वमा देखापरेको विवादले लामो समयदेखि एकता प्रकृया अवरुद्ध भएको हो । सचिवाल बैठक भोलि विहीबार अपरान्ह ३ बजेका लागि सारिएको छ । पूर्व एमाले पक्षधर धेरै जसो नेता कायकर्ता माओवादीसँगको एकीकरणप्रति सन्तुष्ट छैनन् । त्यसैले पनि यसमा पूर्व एमाले नेता कार्यकर्ताको खासै रुचि देखिएको छैन ।

ईश्वरलाई रोक्न नेपालले पनि सहमति दिएका छन् । तर हाललाई नारायणकाजीलाई पनि यो दौडबाट टाढै राखौं भन्ने नेपालको प्रस्ताव थियो । त्यसमा प्रचण्ड सहमत भएकाले नयाँ परिस्थिति निर्माण भएको पूर्व माओवादी पक्षका एकजना वरिष्ठ नेताले नेपालबहस डटकमलाई जानकारी दिए । प्रचण्डको भेटघाट पछिल्लो समय तीब्र भएको थियो । उनले पूर्व एमालेका कतिपय नेताहरुसँग बेग्लाबेग्लै छलफल गरेका थिए ।

करिब एक महिना अघि बसेको सचिवालय बैठकमा सहमति नजुटेपछि मिलाउने भन्दै प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विदेश भ्रमणमा निस्किएका थिए । स्रोतका अनुसार, स्कूल विभागका सम्बन्धमा ओली र प्रचण्डबीच मोटामोटी सहमति भएको छ । धेरै विवाद आएकाले स्कूल विभागको नेतृत्व अध्यक्षद्वयले नै सम्हाल्ने गरी हाललाई एकता प्रकृया पूरा गर्ने सहमति भएको स्रोतका दावी छ ।

ओलीको प्रस्तावमा प्रचण्डले सहमति जनाएका छन् । पूर्व एमालेका तर्फबाट स्कूल विभागका लागि प्रस्ताव गरिएको ईश्वर पोखरेल पूर्व माओवादीप्रति ज्यादै असहिष्णु देखिएका छन् । त्यसैले पनि पूर्व माओवादी पक्षधर ईश्वरलाई जसरी पनि रोक्ने अभियानमा रहेका हुन् । बरु त्यसका लागि हाललाई नारायणकाजी श्रेष्ठको नाम फिर्ता लिन उनीहरु तयार रहेका छन् । उता, ईश्वरलाई रोक्न पूर्व एमालेकै नेपाल समूह भित्री रुपमा तयार देखिन्छ । दुबई भ्रमणबाट फर्किएपछि प्रचण्डले यस’bout वरिष्ठ नेता माधव नेपालसँग दुई चरण वार्ता गरेका छन् ।

छलफलमा ईश्वरलाई रोक्न नेपालले पनि सहमति दिएका छन् । तर हाललाई नारायणकाजीलाई पनि यो दौडबाट टाढै राखौं भन्ने नेपालको प्रस्ताव थियो । त्यसमा प्रचण्ड सहमत भएकाले नयाँ परिस्थिति निर्माण भएको पूर्व माओवादी पक्षका एकजना वरिष्ठ नेताले नेपालबहस डटकमलाई जानकारी दिए । प्रचण्डको भेटघाट पछिल्लो समय तीब्र भएको थियो । उनले पूर्व एमालेका कतिपय नेताहरुसँग बेग्लाबेग्लै छलफल गरेका थिए ।

र याे पनि… माधव नेपालको नेतृत्वमा ने क पा टुक्रिँदै छ ?

स्कूल विभागमा अहिलेलाई ईश्वरजीलाई नल्याउँ, अरु मिलाउन म तयार छु भन्ने शर्त राखेको बुझिएको छ । नेपाल पक्षधरले यसलाई सकारात्मक रुपमा लिए पनि ओली पक्षका केही नेताहरुले भने थप छलफल आवश्यक रहेको तर्क अघि सारेका थिए । ओली पक्षका विष्णु रिमाल, विष्णु पौडेल लगायतका केही नेताहरु भने स्कूल विभागमा जो ल्याएपनि पूर्व एमाले नै रहनुपर्ने अडानमा थिए ।

तर आज बुधबार बिहान ओली र प्रचण्डबीच भएको छलफलले अब यो विवाद अन्त्य गरेको दावी गरिएको छ । स्कूल विभाग अध्यक्षद्वयले नेतृत्व गर्ने गरी हाललाई मिलाइएको हो । संभवतः भोलि बस्ने सचिवालय बैठकले यस’bout टुंगो लगाउला । पूर्व एमाले भित्रकै पछिल्लो विवाद आज मिल्यो भने भोलि चाहिं एकता प्रकृयाले औपचारिकता पाउने संभावना रहेको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here