सुख्खा बन्दरगाह र टनकपुर नाका खुलाउन ध्यानाकर्षण
Advertisement

काठमाडौं । सुदूरपश्चिम प्रदेशको एक टोलीले आज परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेटेर कञ्चनपुरको ब्रम्हदेवस्थित टनकपुर नाका खुलाउन र दोधारा–चाँदनीमा सुख्खा बन्दरगाह निर्माणको पक्रिया अगाडि बढाउनलगायतका माग राखेर ध्यानाकर्षण गराएको छ ।

सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराको नेतृत्वको टोलीले भारतीय विदेशमन्त्री एस जयशङ्करको नेपाल भ्रमणको पूर्वसन्ध्यामा परराष्ट्र मन्त्रालय पुगेर भारतका सीमा जोडिएका जिल्लाका समस्याबारे अवगत गराएको हो ।

टोलीमा सहभागी कञ्चनपुर क्षेत्र नं ३ का सांसद दीपकप्रकाश भट्टले ब्रम्हदेबदेखि महेन्द्रनगर बजारसम्म दुई लेनको टनकपुर लिङ्क रोड कालोपत्र भइसकेको र वर्षौदेखि भारतीय स्वामित्वमा रहेको पुल बन्द अवस्थामा रहेकाले खुलाउन पहलका लागि मन्त्री ज्ञवालीको ध्यानाकर्षण गरिएको बताए ।

Advertisement

यस्तै उनले कञ्चनपुरको बेलौरी र कैलालीको खक्रौला नाका खुलाउनसमेत मन्त्रीको ध्यानाकर्षण गरिएको जानकारी दिए । बैतडीका सांसद दामोदर भण्डारीले डडेल्धुराको भित्रिमधेसको महाकाली नदीमा पुल निर्माणका लागि भारतीय विदेशमन्त्रीको ध्यानाकर्षण गराउनमन्त्री ज्ञवालीलाई आग्रह गरिएको बताए ।

उनका अनुसार बैतडीको झुलाघाट र तल्लो सोराडमा महाकाली नदीमा पुलका लागि मन्त्री ज्ञवालीको ध्यानाकर्षण गरिएको छ । टोलीले चीनसँग जोडिएको दार्चुलाको तिङ्कर नाका खुलाउनसमेत माग गरिएको छ ।

भेटका क्रममा मन्त्री ज्ञवालीले सुदूरपश्चिमका सीमा सरोकारका विषयमा दुई देशका अधिकारीबीच हुने बैठकमा राखिने आश्वासन दिएको सांसद भट्टले जानकारी दिए ।

महाकाली नदीमा दुवै देशको स्वामित्व बराबर हुन नसक्दा उपयोगमा समस्या आइरहेकाले सो विषयमा आगामी द्विपक्षिय बैठकमा यसबारे कुरा उठाइने मन्त्री ज्ञवालीले प्रतिबद्धता जनाए ।

टोलीमा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री बोहरा, सांसद भट्ट, भण्डारी, नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ कञ्चनपुरका अध्यक्ष वीरबहादुर थापा, पूर्व सांसद कृपाराम राना, पुरन दयाल, प्रदेशसभा सदस्य लीलाधर भट्टलगायत सहभागी थिए ।

Advertisement
अघिल्लो लेखनेप्से परिसूचक आज पनि ओरालो
अर्को लेखहङकङमा सुनको मूल्य घट्यो
नेपालबहस संवाददाता

नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ ।

नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।

देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्