जम्न छाड्यो हास्य कार्यक्रम
नेपालबहस संवाददाता
साउन ३१, २०७६ शुक्रबार १४:५०:४४
३१ साउन,काठमाडौं । कुनै बेला शोक बिर्साउन विभिन्न प्रहसन तथा हास्य व्यङ्ग्यात्मक कार्यक्रम गरेर गाईजात्रा गरिथ्यो । तर अहिलेको गाईजात्रा महोत्सवमा न त हाँस्न दर्शकको बाक्लो जमघट हुन्छ न त कलाकारबीच कसले बढी हँसाउने भन्ने प्रतिस्पर्धा नै चल्छ ।
तिथिअनुसार गाईजात्रा एक दिन पर्ने भए पनि नेपाली हास्य कलाकारहरूले यो जात्रा तीन दिनदेखि पाँच दिनसम्म मनाउँछन् । हास्य कलाकार मात्र नभएर अन्य विधाका कलाकार पनि व्यङ्ग्यात्मक गीत, नृत्य, अभिनयको प्रस्तुति दिँदै आउने गर्थे ।
पछिल्ला केही वर्षमा चर्चित हास्य कलाकार चलचित्र निर्माणमा होमिन थालेपछि गाईजात्राको रौनक अझै घटिरहेको छ । सधैँ गाईजात्राको कार्यक्रममा व्यस्त हुने हास्य कलाकार शिवहरि पौड्यालले यसपालि त्यस्तो कार्यक्रम नरहेको बताए । उनले आफू नयाँ चलचित्रको छायाङ्कनमा व्यस्त रहेको जानकारी दिए ।
शिवहरि मात्र होइन प्रख्यात हास्य जोडी दीपक–दीपा पनि चलचित्रमै व्यस्त रहेका छन् । ‘छ माया छपक्कै’को छायाङ्कनमा व्यस्त भएको बताउँदै दीपाश्री निरौलाले भनिन, ‘‘यसपालि गाईजात्राकै दिन मात्र गाईजात्रा मनाउँछौँ । ’’
राजधानीमा गाईजात्राको रौनक त्यति देखिएको छैन कलाकार गिरी, भन्छन्, ‘‘हास्य विधाका कलाकारलाई गाईजात्राको निक्कै चटारो भइसक्थ्यो, अन्तिम रिहर्सल, पोसाक, शृङ्गार र सङ्गीतको चाँजोपाँजो मिलाउँदै हल, साउन्ड सिस्टम र टिकट बिक्रीजस्ता काममा सरिक भइसकेका हुन्थेँ तर काठमाडौँमा यसपालि त्यस्तो कुनै चहलपहल देखिँदैन । ’’
विगतमा गाईजात्रा कार्यक्रम कलाकारहरूका लागि एक उत्सव नै हुन्थ्यो । तर पछिल्लो पटक कलाकारहरूले गर्दै आएको हास्य कार्यक्रमहरूले गाली, गलौज र अश्लीलता बढेको भन्ने आरोप लाग्न थालेको छ ।
कलाकार मनोज गजुरेलले भने, ‘‘जसलाई जे पायो त्यही भनेर गाईजात्राको नाममा विकृति भिœयाइएको छ । गाईजात्राको पुरानो संस्कृति र परम्परा हट्दै जानु र छाडा व्यङ्ग्यले प्रश्रय पाउनु दुःखद हो, त्यस्ता प्रवृत्ति रोक्नुपर्छ । ’’
हास्य कलाकार रवि डङ्गोल सामाजिक विषयमा गरिने व्यङ्ग्यले परिवर्तनमा केही भए पनि असर पर्ने बताउछन । डङ्गोलले हास्यव्यङ्ग्य नैतिक दबाब दिने गतिलो माध्यम हो तर यो माध्यमलाई निकै हल्कारूपमा लिनेमा गुनासो व्यक्त गरे ।
यसबारे डङ्गोल भन्छन, ‘‘तरिका हुन्छ हसाउने पनि । सभ्य र पाच्य तरिकाले गरेको व्यङ्ग्यले कोहीमाथि असर पर्नु त राम्रो हो । हास्य व्यङ्ग्यको मुख्य उद्देश्य समाज तथा राजनीति सुधारका लागि दबाब दिनु हो । ’’
त्यसो त गाईजात्रा हेर्ने दर्शकको कमी पनि छ । गिरिले भने– ‘दर्शक नै नभएर गाईजात्रा नगर्ने कुरा भएको त होइन तर दर्शकका लागि दिने विषयहरू वर्षैभरि सिरियल र फिल्मबाट हामीले दिने गरेका छौँ, त्यसले गाईजात्राको दर्शक सङ्ख्या केही न केही घटाएको छ । ’’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि एसईई परीक्षा सुरु, पाँच लाख बढी विद्यार्थी सहभागी [ फोटोफिचर ]
चैत १५, २०८० बिहिबार
गर्जमुनिका बादी गर्जो टार्नकै लागि भारत पलायन
चैत १३, २०८० मंगलबार
एकै ठाउँमा तीन वटा नगदेबाली
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
आइतबारबाट विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ हुने
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार