मकै खेतीमा कृषकको संलग्नता बढ्दो
नेपालबहस संवाददाता
साउन ३१, २०७६ शुक्रबार १६:११:५९
३१ साउन, नेपालगञ्ज । बाँकेमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकै जोन कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
तीन वर्षदेखि सञ्चालन हुँदै आएको परियोजनाको शुरुआती चरणमा जिल्लाका १० समूह र सहकारीमा आबद्ध कृषकले ३५० हेक्टरमा मकै खेती गरेका थिए ।
हाल ७७ कृषक समूहले ७२२ हेक्टर क्षेत्रफलमा मकै खेती गर्दै आएको परियोजना कर्मचारी यज्ञ रानाले जानकारी दिए । तीन वर्षको अवधिमा परियोजनाको कार्यक्रममा कृषक सहकारी, कृषक उद्यमी, जल उपभोक्ता र कृषक समूहका झण्डै दुई हजारभन्दा बढी कृषक आबद्ध भएका छन् ।
परियोजनाअन्तर्गत कृषकलाई आधुनिक उपकरणलगायत प्राविधिक सहयोग गरिँदै आएको छ । “पहिले गरिँदै आएको मकैखेती र अहिले परियोजनाले गरेकोमा धेरै भिन्नता छ, थोरै लगानीमा धेरै फाइदा लिन सकिएको छ”, डुडुवा गाउँपलिकाका रामप्रसाद यादवले भने।
नेपालगञ्ज उपमहानगरपालिकाको सात वडा तथा डुडुवा गाउँपालिकाको चार वडालाई परियोजनाभित्र समेटिएको छ ।परियोजना कार्यक्रमअन्तर्गत जिल्लाका कृषकले हिउँदे र वसन्ते मकैखेती गर्दै आएकामा गत आर्थिक वर्षदेखि बर्खे मकै खेतीका लागि पनि कृषक समूह छनोट गरिएको छ ।
“बाली, जलवायु र माटोको अनुकूलता तथा कृषकको मागका आधारमा बाँकेलाई मकै जोनका रुपमा छनोट गरिएको हो”, रानाले भने ।
बाँकेमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै जोन कार्यक्रमअन्तर्गत गत आवसम्म कृषकलाई कीटनाशक औषधि, बीउबिजन र विभिन्न कृषि उपकरणमा ५० देखि ८५ प्रतिशतसम्म अनुदान सहयोग गरिँदै आएकामा चालू आवदेखि सबै विषयमा ५० प्रतिशत अनुदान दिने व्यवस्था गरिएको छ ।
परियोजनाका प्राविधिकले कृषकलाई मकैखेतीसम्बन्धी प्राविधिक ज्ञानको तालीम पनि दिँदै आएका छन् । गत वर्षको अनुदान सहयोगअन्तर्गत नेपालगञ्ज उपमहाननगरपालिका–१५ को विजय नर्सरी फार्म, वडा नम्बर २२ पुरैनीस्थित मौसमी कृषक समूह र डुडुवा गाउँपालिका–६ बल्दीपुरवाको कृषि सहकारी संस्थालाई करीब रु ७५ लाख बराबरको तीन थान ट्र्याक्टर, ट्रली, थ्रेसर, रोराबेटरलगायत सामग्री उपलब्ध गराइएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मुलुकका सबै जिल्लामा सञ्चालनमा छ । जिल्लाको भूगोल, जलवायु, माटोको अवस्था, कृषकलगायत प्राविधिक पक्षको आँकलन गरी कुन जिल्लामा कुन बाली परियोजनाअन्तर्गत सिफारिस गर्ने भनेर तय हुने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार