शेयर बजार : सातामा एक अर्ब ७८ करोडको कारोवार
नेपालबहस संवाददाता
साउन ३२, २०७६ आइतबार १:३६:३४
३२ साउन, काठमाडौं । धितोपत्र बजारमा यस साता कूल १७१ कम्पनीको शेयर कारोवार भयो । चालू आर्थिक वर्ष लागेदेखि नै निरन्तर आरोलो लागेको बजार यस साताको अन्तिम दिन एक हजार २२४.०३ मा पुगेर बन्द भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार यस साता कूल ७५ लाख ४४ हजार १३ कित्ता शेयर रु एक अर्ब ७८ करोड ९२ लाख २३ हजार ६६६ मा मूल्यमा खरीद बिक्री भए । गत साताको अन्तिम दिनअर्थात् यही साउन २३ गते एक हजार २३८.५६ मा बन्द भएको थियो ।
यस साताको शुरुआती दिनअर्थात् आइतबार नेप्से परिसूचक ४.८४ बिन्दुले घटेर एक हजार २३३.७१ बिन्दुमा झ¥यो । आइतबार कूल १६६ कम्पनीको ११ लाख ४५ हजार ५०७ कित्ता शेयर रु ३१ करोड १७ लाख ५६ हजार ८५६ मूल्यमा खरीद बिक्री भए ।
यस्तै सोमबार नेप्से परिसूचकमा झिनो अङ्कले सुधार भयो । सो दिन परिसूचक ०.१३ बिन्दुले सुधार आई एक हजार २३३.८५ बिन्दुमा कायम भयो । उक्त दिन कूल १७१ कम्पनीको १८ लाख २१ हजार ८२२ कित्ता शेयर रु ३१ करोड ४२ लाख २८ हजार ९२१ मूल्यमा खरीद बिक्री भए ।
मङ्गलबार पनि नेप्से परिसूचक ओरालो लाग्यो । सो दिन नेप्से परिसूचक २.७८ अङ्कले घटेर एक हजार २३१.०७ मा पुग्यो । कूल १६५ कम्पनीका १८ लाख ९६ लाख ४५४ कित्ता शेयर रु ४८ करोड १६ लाख २९ हजार ७६० मा खरीद बिक्री भए ।
बुधबार नेप्से परिसूचक ओरालो लाग्ने क्रम जारी रह्यो । सो दिन परिसूचक ५.१७ बिन्दुले घटेर एक हजार २२५।९० मा झ¥यो । कूल १६९ कम्पनीका १० लाख ६९ हजार ६९० कित्ता शेयर रु २५ करोड ७२ लाख ८५ हजार एकमा खरीद बिक्री भए ।
साताको अन्तिम दिन बिहीबार पनि नेप्से परिसूचक ओरालो लाग्ने क्रम जारी रह््यो । सो दिन परिसूचक १.८६ बिन्दुले घटेर एक हजार २२४.०३ मा पुग्यो । परिसूचक घटेसँगै कारोवार रकम पनि औसतमै सीमित रह्यो । कूल १५९ कम्पनीको १६ लाख १० हजार ५४० कित्ता शेयर रु ४२ करोड ४३ लाख २३ हजार १२८ मा कारोवार भयो ।
यस्तै साता भर कारोवारका आधारमा दुई जलविद्युत् कम्पनीसहित वाणिज्य बैंकको बोलवाला रह्यो । माछापुच्छ« बैंक शीर्ष स्थानमा रहँदा रसुवागढी जलविद्युत् कम्पनी, लक्ष्मी बैंक, नेपाल बैंक, साञ्जेन जलविद्युत् कम्पनी, प्रभु बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, कृषि विकास बैंक, सनराइज बैंक र एनआइसी एशिया बैंक क्रमशः दश कम्पनीका शेयर कारोवार भए ।
बजार पूँजीकरणका आधारमा यस साता पनि नेपाल टेलिकम शीर्ष स्थानमा रह्यो । नविल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, स्ट्याण्र्डड चार्टड बैंक, एभरेष्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, हिमालयन बैंक, एनआइसी एशिया बैंक, कृषि विकास बैंक र नेपाल एसबिआई बैंक बजार पूँजीकरणका आधारमा उत्कृष्ट दश कम्पनीमा पर्न सफल भए ।
यस साता दुई कम्पनीका शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भए । सूर्य लाइफ इन्स्योरेन्स कम्पनीको १३ लाख ५८ हजार २८० कित्ता शेयर लाभांश र नेपाल इन्भेस्ट बैंकको २७ लाख ९८ हजार ४१९ कित्ता अर्डिनरी शेयर सूचीकृत भए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा सामान्य वृद्धि, हिमालयन उर्जा विकासको शेयरमा सकारात्मक सर्किट !
चैत १५, २०८० बिहिबार
आज नेप्सेमा दोहोरो अङ्कको गिरावट
चैत १४, २०८० बुधबार
प्रि-ओपन सेसनमा नेप्से सामान्य बढ्यो
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
आइतबारबाट विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ हुने
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार