पोखरामा मेयर कप बास्केटबल प्रतियोगिता हुने
नेपालबहस संवाददाता
भदौ १, २०७६ आइतबार १२:४०:२४
१ भाद्र, पोखरा । पोखरामा आगामी भदौ १३ देखि प्रथम मेयर कप बृहत् बास्केटबल प्रतियोगिता हुने भएको छ ।
विद्यालयस्तरदेखि नै बास्केटबल खेलको विकास गर्ने उद्देश्यले जिल्ला बास्केटबल सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित बास्केटबल कोर्टमा सञ्चालन हुने प्रतियोगितामा विभिन्न चार इभेन्टमा प्रतिस्पर्धा गराइने शनिबार आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष धोजकुमार गुरुङले बताए ।
प्रतियोगितामा कक्षा १० सम्मको माविस्तरीय छात्रछात्रा प्रतिष्पर्धा, कक्षा ११ र १२ स्तरीय छात्रछात्रा प्रतिष्पर्धा, स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गर्दै कलेजस्तरीय छात्रछात्रा प्रतिष्पर्धा र ४० वर्षमाथिको उमेर समूहको भेट्रान्स प्रतिष्पर्धा समावेश गरिएको प्रतियोगिताका संयोजक नारायणप्रसाद शर्माले जानकारी दिए ।
उनका अनुसार माविस्तरीय कक्षा १० सम्म छात्रछात्रातर्फको विजेताले रु १२ हजार तथा उपविजेताले रु सात हजार पुरस्कार प्राप्त गर्नेछन् भने कक्षा १२ सम्म तथा स्नातकतर्फको प्रतिष्पर्धाका विजेता छात्रछात्राले रु १५ हजार र उपविजेताले रु आठ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
पोखरा महानगरपालिकाले मुख्य प्रायोजन गरेको प्रतियोगितामा जिल्लामा सञ्चालित विद्यालय तथा क्याम्पसले सहभागिता जनाउनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसीसी प्रिमियर कप: हङकङविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङ भिड्दै
बैशाख ८, २०८१ शनिबार
पूर्वाधार अभावमा पनि खेलकुदमा सुदूरपश्चिम अब्बल
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
धारापानीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जले
बैशाख ८, २०८१ शनिबार
अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो: अर्थमन्त्री पुन
बैशाख ८, २०८१ शनिबार
निर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छः गृहमन्त्री लामिछने
बैशाख ८, २०८१ शनिबार
पर्सामा गहुँ खेतको आगोको झिल्का सल्केर घरमा आगलागी
बैशाख ८, २०८१ शनिबार
एमाले परिषद् बैठकः आन्तरिक शुद्धीकरणसहित राष्ट्रिय शक्ति निर्माणमा केन्द्रित
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग पराजित
बैशाख ८, २०८१ शनिबार