ढाकामा भीषण आगलागी, १५ हजार घर जलेर नष्ट
नेपालबहस संवाददाता
भदौ १, २०७६ आइतबार १३:४५:५६
१ भाद्र, एजेन्सी । बंगलादेशको राजधानी ढाकामा रहेको सुकुम्बासी बस्तीमा भीषण आगलागी भएको छ । आगलागीका कारण ५० हजार मानिस घरबार बिहीन भएका छन् ।
शुक्रबार अबेर राति भएको आगलागीमा चालन्तिका सुकुम्बासी बस्तीका झण्डै १५ हजार घर नष्ट भएको जनाइएको छ ।
धेरै घरमा प्लाष्टिकको छानो रहेकाले आगो धेरै फैलिएको हो । आगलागीमा परी कसैको ज्यान गएको छैन, तर धेरै मानिस घाइते भएका छन् ।
ती बस्तीमा बस्ने अधिकांश न्यून आय भएको मजदुर रहेका छन् । आगलागीको कारण थाहा हुन सकेको छैन । घटनाका सम्बन्धमा अनुसन्धान जारी छ ।
आगो निभाउनका लागि अग्नि नियन्त्रकलाई ६ घण्टा भन्दा बढी समय लागेको थियो । सरकारले घरबार बिहीन भएकाहरुलाई राहत प्रदान गर्ने बताएको छ ।
यसअघि गएको फेब्रुअरीमा ढाकाको ऐतिहासिक क्षेत्रमा आगलागी हुँदा ८० जनाको ज्यान गएको थियो ।यस्तै तटीय सुकुम्बासी बस्तीमा आगलागी हुँदा थप ९ जनाको ज्यान गएको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध
चैत १६, २०८० शुक्रबार
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु
चैत १६, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
आइतबारबाट विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ हुने
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार