चार जिल्लाको लागुऔषधको ट्रान्जिट सप्तरी !
नेपालबहस संवाददाता
भदौ १, २०७६ आइतबार १९:५२:५०
धीरेन्द्रप्रसाद साह
१ भाद्र, राजविराज। छिमेकीसहित चार जिल्लाको लागुऔषध कारोबारको ट्रान्जिट केन्द्रको रुपमा सप्तरीलाई प्रयोग गर्दै आएको छ । प्रहरीले आर्थिक वर्ष २०७५/ ०७६ मा लागुऔषधका ६० वटा मुद्धा दर्ता गरेको छ ।
सप्तरीसहित छिमेकी सिरहा, सुनसरी र उद्यपुर जिल्लाका लागुऔषध कारोबारीहरुले यस जिल्लाबाट को दैनिक रुपमै लागुऔषध भित्रियाउँदै आएका छन । स्थानीय सुरक्षा निकायले लागुऔषधमा नियन्त्रणमा कडाइ गरेपछि कारोबारीहरु भारतीय सीमाका बजारहरुमा खरिद गरी जिल्लाको विभिन्न नाकाबाट सुरक्षितसाथ लागुऔषध भित्र्याउने गरेको छ ।
छिमेकी जिल्लासहित पडाडी जिल्लासम्मका लागुऔषध सेवनकर्ता, तस्करहरुले यस जिल्लाका नाकालाई सुरक्षित ठानेर लागुऔषध कारोबार गर्दै आएका छन । अबैद्य कारोबार रोक्न सीमामा सुरक्षा बल खटिएपनि अन्यबाटो तथा सुरक्षाकर्मीलाई छलेर वां सुरक्षाकर्मीको मिलोमतोमा लागुऔषध भित्रिने गरेको छ ।
लागुऔषध ओसारपसार तथा भित्र्याउन बालबालिका, महिला, युवाहरुको संख्या बढी
लागुऔषधका लागि मोटसाइकल, साइकल तथा पैदल मार्ग प्रयोग गर्ने गरिन्छ । सीमापारी भारतीय बजार कुनौली, भीमनगर, विरपुर, लौकही, अन्ध्रामण्ठ लगायतको बजारमा लागुऔषध खरिद गरी भित्रिने गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार आर्थिक वर्ष २०७४/०७५ लागुऔषधमा ६० वटा मुद्धा दर्ता भएको छ । लागुऔषध ओसारपसार, सेवनकर्तामा एक महिलासहित ८१ जनालाई पक्राउ गरि कारबाही गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए ।
पक्राउ परेकामध्ये अधिकाँश २० देखि ३० वर्ष उमेर समूहका व्यक्ति बढी संख्यामा रहेको बताउँदै उनले वर्षभरीमा लागुऔषध अन्तर्गत गाँजा १२९ किलो, नाइट्रोभेट एक हजार ८७० ट्यावलेट, डाइजिफाम ३८३ एमपुल, पेर्नागन ७१२ मुमोरफिम ४५० र डाइलेक्स १५० वटा बरामद भएको जानकारी दिए । यसभन्दा अघिल्लो वर्षमा ४७ जना वटा मुद्धा दर्ता भएको थियो ।
जिल्लामा हजारौको संख्यामा लागुऔषध कारोबारी सक्रिय
सप्तरीको तिलाठी, बेलही, देउरी, झुटकी, पातो, सखडा, रामनगर कोदरकट्टी नाकाबाट बढी संख्यामा लागुऔषध कारोबार हुने गरेको बताउँदै प्रनाउ रिमालले खुला सीमाका कारण कडा एक्सन थालिएपनि नियन्त्रणमा समस्या हुने गरेको बताए ।
लागुऔषध ओसारपसार तथा भित्र्याउन बालबालिका, महिला, युवाहरुको संख्या बढी रहेको छ । कारोबारीले पारीबाट वारी ल्याउन युवा, बालबालिका र महिलालाई थोरबहुत रकम दिएर भित्र्याउने गरेको छ । सीमामा प्रहरीले देखाउनलाई महिनामा दुई÷चार जनालाई लागुऔषधसहित पक्राउ पर्ने गरेको छ । तर, जुन संख्यामा कारोबारी संलग्न छन र जति मात्रामा लागु औषध भित्रिरहेको छ त्यसको तुलनामा एकदमै शुन्य रहेको एक कारोबारीले बताइएको छ ।
हामीसँग सीमाका प्रहरीपनि मिलेकै हुन्छ, विषेश चेकजाँच भएपछि मात्र हाम्रो मान्छे पक्राउ पर्ने गरिन्छ उनले भने, सधै पक्रिन थाल्यो भने जेलमा ठाउँपनि भेटिदैन ।
राजविराज नगरसहित जिल्लामा हजारौको संख्यामा लागुऔषध कारोबारी सक्रिय रहेको भन्दै स्रोतले यसको प्रायोगकर्ता त्यो भन्दा दोब्बर÷तेब्बर रहेको बताइएको छ । यसको संख्या घट्नुकोसाथै दिनप्रति दिन बृद्धि भइरहेको छ ।सहरसहित ग्रामिणबस्तीका बाँसझारी, कसैले नदेखिने स्थानमा लुकिछिपि लागुऔषध, गाँजा सेवकर्ताहरुको भीड लाग्ने गरेकोले लागुऔषध भित्रिने र सेवनकर्ताको संख्या यकिन गर्न सकिने उहाँको दाबी छ ।
हाम्रो सेटिङ पहिलादेखि नै हुन्छ, सामान ल्याएपछि सिधै व्यापारी तथा अर्को कारोबारीलाई बेच्ने गर्छौ भन्दै उनले यहाँबाट काठमाण्डौ, पोखरा, उदयपुर लगायत मुख्य शहरसम्म लागुऔषध पठाउने गरेको जानकारी गराएको छ ।
गत पुसमा तिलाठी कोइलाडी गाउँपालिकामा लागुऔषध सेवन नगर सम्झाउदा आवेग आएर सेवनकर्ताले उल्टै कुटपिट गर्दा एक जनाको ज्यान पनि गएको छ । लागुऔषध कारोबारलाई पूर्ण कडाइकासाथ नियन्त्रण गर्न अभिभावक, युवा, जनप्रतिनिधि तथा प्रहरी प्रशासनको सक्रिय भूमिका निर्वाहको खाँचो रहेको छ ।
लागुऔषध कारोबार नियन्त्रण नभए भविष्यका विकासका साझेदारी युवाहरुको भविष्य अन्धकारमय हुने निश्चित छ भने मुलुकको विकासमा असर पर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
बोलेरोको ठक्करबाट तीन युवकको मृत्यु
बैशाख १२, २०८१ बुधबार
अचानक आएको हावाहुरीले फेवातालमा डुङ्गा दुर्घटना, पाँच जनाको सकुशल उद्धार
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ट्राफिक प्रहरी र यातायातको सेटिङमा १५ हजारमै पाइन्छ ड्राइभिंङ लाइसेन्स
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार
त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न आदेश
बैशाख १२, २०८१ बुधबार
सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : पीडित अझै अस्थायी टहरामा
बैशाख १२, २०८१ बुधबार