पार्टी कब्जा गर्ने ओलीको दाउ
नेपालबहस संवाददाता
भदौ २, २०७६ सोमबार २०:२६:७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको एकीकरण प्रकृयालाई निश्कर्षमा पु¥याउन ठूलै जालझेल भएको छ । प्रधानमन्त्रीसमेत रहेका खड्गप्रसाद ओली समूहले एकता प्रकृयासँगै पार्टी कब्जा गर्ने रणनीतिका साथ प्रस्तुत भएको छ । उक्त जालझेलमा ओली समूूहले वामदेव गौतम र पूर्व माओवादी पक्षलाई नराम्ररी फसाएको छ । त्यसको पुष्टि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अभिव्यक्तिबाट भएको हाे ।
आज मात्रै प्रचण्ड जनकपुरमा आयोजित एक कार्यक्रममा भन्दै थिएः– “पार्टी एकता प्रकृयालाई इमान्दारीपूर्वक निश्कर्षमा पु¥याउनु पर्छ ।” यसका लागि अर्का अध्यक्ष ओलीले आफ्नो वचन पूरा गर्ने उनको विश्वास थियो । हिजो आइतबार मात्रै प्रधानमन्त्री ओलीले संघीय संसद्मा बोल्दै पाँचै वर्ष आफू पदमा रहने उद्घोष गरेका थिए । साथै, अर्काे निर्वाचनपछि मात्रै पद त्याग्ने पनि उनले बताए । ओलीको यो अभिव्यक्तिले प्रचण्ड झस्कन पुगेका छन् । किनभने पार्टी एकीकरण प्रकृया टुंग्याउन मुख्य तगारो बनेको स्कूल विभाग ईश्वर पोखरेललाई जिम्मा लगाउन ओलीले प्रचण्डलाई ठूलै आश्वासन दिएका थिए ।
तर, त्यसको दुई दिन नबित्दै प्रचण्डप्रति लक्षित ओलीको अभिव्यक्तिले छलछामको राजनीति भएको बुझाई रह्यो । ओलीले वामदेव र प्रचण्डको साथ पाएपछि पार्टीमा उनको दबदवा अझै बढेको छ । साथै, आन्तरिक शक्ति सन्तुलनमा देखापरेको फेरबदलले पार्टीको भविष्य कुन दिशातर्फ उन्मुख हुने हो यकिन गर्न नसकिने भएको छ । सधैं धोका र छलछामकै राजनीति गर्ने हो भने पूर्व माओवादीको साथ ओली पक्षलाई रहने अवस्था देखिन्न ।
पूर्व एमाले भित्रको ओली र माधव नेपाल समूहबीचको फाटो पछिल्लो जिम्मेवारी बाँडफाँटले अझै फराकिलो पारिदिएको छ । ओली समूहले पूर्व माओवादीको साथ र समर्थनमा माधव नेपाल समूहलाई लगभग किनारा पार्ने काम गरेको छ । यसले पूर्व एमाले भित्रको मतभेद र विभाजन अझै फराकिलो बनाइदिएको छ । माधव नेपाल समूहले आफ्नो अस्तित्वको वचाउ गर्न भएपनि पार्टी भित्र अन्तर संघर्ष चर्काउनु पर्ने बाध्यता आइलागेको छ । माधव नेपाललाई कर्नर पार्न ठूलै चलखेल भएको थियो ।
अध्यक्षद्वय ओली र दाहाल विदेश यात्रामा लागेपछि दोस्रो तहका नेताहरुले यस्तो चलखेल गरे । वामदेव गौतमलाई ओली खेमामा ल्याउन महासचिव विष्णु पौडेल विशेष सकृय बने । साथै, उपाध्यक्ष ईश्वर पोखरेललाई स्कूल विभाग प्रमुख बनाउन राष्ट्रपति विद्यादेवी भण्डारी नै लागिपरिन् ।
यो खेलबाट ओलीले आफूलाई एकीकृत पार्टीमा थप सुदृढ बनाउने काम गरेका छन् । वामदेवलाई पूर्णतः आफ्नो पक्षमा ल्याउन सफल ओलीले प्रचण्डलाई समेत फसाएका छन् । आफ्नो स्वास्थ कमजोर भएकाले छिट्टै प्रधानमन्त्री पद प्रचण्डलाई हस्तान्तरण गर्ने वचन उनले सिंगापुरबाट फर्केपछि दिएका थिए ।
तर ओलीको बोली एकाएक १८० डिग्रीले फेरिएको छ । हिजो आइतवार ओलीले संसद् वैठकमा प्रचण्डलाई घुमाउरो पारामा लोप्पा ख्वाइ दिएका छन् । प्रचण्डप्रति लक्षित उनको अभिव्यक्ति रोचक थियो । “कसैलाई प्रधानमन्त्री बन्ने रहर छ भने नयाँ जनादेशसम्म धैर्य गरौं” ओलीले हिजो संसद्मा भनेका छन् । ओलीको उक्त भनाईले प्रचण्डलाई फेरि झस्काएको छ । त्यसको प्रतिक्रिया स्वरुप प्रचण्ड आज जनकपुरमा बोल्दै थिएः– “पाँच वर्ष नेकपाकै सरकार रहन्छ , ओलीजी पनि आफ्नो वचनमा अडिनु हुने मलाई विश्वास छ ।”
दुबैबीच सहमति भएको दुई दिन नबित्दै जुहारी चल्न थालेको छ । यसले पनि ओली समूहको जालझेलको खेल प्रष्ट भएको छ । ओलीको कटाक्षले प्रचण्डको मन फेरिएको देखिन्छ । ओलीबाट फेरि पनि धोकाको गन्ध उनले पाइसकेका छन् । त्यसैले उनी माधव नेपाल समूहसँग टाढा नबस्ने रणनीति तयार गरिरहेका छन् ।
ओलीले सधैं प्रयोग मात्र गर्ने गरेको बुझाई प्रचण्डको रहेको छ । आफ्नो सानो गल्तीले वामदेवसमेत ओली पक्षमा पुगेकोमा पनि प्रचण्ड कींकर्तव्यबिमूढ बनेका छन् । उता, माधव नेपाल समूह भने पार्टी एकता प्रकृयामा आफ्नो समूहले ठूलै धक्काको महसूस गर्नुपरेको बुझेको छ । गत शुक्रबार र आइतवार बसेको सचिवालय बैठकले पार्टी संगठन संरचना टुंग्याउँदा माधव नेपाल समूह निरिह र कमजोर बन्न पुगेकोे छ ।
अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले रणनीतिक रुपमा माधव नेपाललाई नराम्रो झड्का दिएका छन् । हिजोको सचिवालय बैठकले लिएको वरियता सम्वन्धी निर्णय सर्वसम्मत हुन सकेन । माधव नेपाल समूहको गम्भिर असहमतिबीच झलनाथ खनाललाई तेस्रो वरियतामा बढुवा गरिएको छ ।
फेरि विधानमै नभएको पद सिर्जना गरेर उपाध्यक्ष बनाउनु भनेको ओलीले वामदेवलाई आफ्नो खेमाको बलियो पिलर बनाउन लागेको स्पष्ट हुन्छ । यति मात्र होइन ओलीले कास्कीमा हुन गैरहेको संसदीय उप–निर्वाचनमा वामदेवलाई उठाउने तयारी गरेका छन् ।
पार्टी एकीकरणपछि भने माधवको वरियता तेस्रो थियो । तर अर्का पूर्व अध्यक्ष झलनाथ खनालले यसमा आपत्ती जनाउँदै आएका थिए । यसमा सुधार गर्ने भन्दै हिजोको सचिवालय बैठकले पूर्व निर्णय उल्टाएर माधवलाई चौथो वरियतामा झारिदिएको छ । सचिवालय बैठकले माधव समूहलाई धक्का पुग्ने अर्काे घटना भएको छ । नेपालले वरियता प्रकरणमा पूर्व एमालेका तीनजना उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र भीम रावललाई सचिवालय सदस्य बनाउन प्रस्ताव गरेका थिए ।
तर वैठकले नेपालको प्रस्ताव स्वीकारेन । यसले शीर्ष नेताहरुबीचको अन्तर्विरोध अझै चर्काउने देखिन्छ । वामदेवलाई खुशी पार्न ओली र प्रचण्डले विधान विपरित उपाध्यक्ष बनाउने निर्णय गरेका छन् । हाल पाँचौं वरियतामा रहेका वामदेवलाई उपाध्यक्ष बनाउने सचिवालयको सिफारिश स्थायी कमिटीले अनुमोदन ग¥यो भने विधान विपरित हुने छ । यसअघि नै वामदेवलाई संगठन विभाग र किसान संघको संयोजकको जिम्मेवारी दिइसकिएको छ ।
फेरि विधानमै नभएको पद सिर्जना गरेर उपाध्यक्ष बनाउनु भनेको ओलीले वामदेवलाई आफ्नो खेमाको बलियो पिलर बनाउन लागेको स्पष्ट हुन्छ । यति मात्र होइन ओलीले कास्कीमा हुन गैरहेको संसदीय उप–निर्वाचनमा वामदेवलाई उठाउने तयारी गरेका छन् ।
यसका लागि अनौपचारिक प्रस्ताव गरिसकेको अवस्था छ । तर गौतम भने यसबारे अहिले स्पष्ट हुन सकेका छैनन् । पार्टी भित्रको आन्तरिक किचलो कम भएपछि भने उनले यो प्रस्ताव स्वीकार्ने अड्कल गरिएको छ । यसरी ओली जसरी भएपनि उद्देश्य पुर्तिका लागि नेपाल र प्रचण्डलाई प्रयाेग गर्दै पार्टी कब्जा गरि छाड्ने ध्याउन्नमा रहेको प्रतीत हुन्छ ।
थप समाचार हेर्न यहाँ क्लिक गर्नुहाेस्…….ओली र नेपालको लडाई जारी, एकता प्रक्रियामा गम्भिर असर
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
बन्दीपुरको सौन्दर्यता र मौलिकता कायम राख्न व्यवसायीलाई आग्रह
बैशाख ११, २०८१ मंगलबार
काभ्रेमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण
बैशाख ११, २०८१ मंगलबार
६ जना महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान
बैशाख ११, २०८१ मंगलबार
सुगरको तह २१७ पुगेपछि केजरीवाललाई जेलमा इन्सुलिन दिइयो
बैशाख ११, २०८१ मंगलबार
सात महिनामा तयार गरियो हिरामाण्डीको विशाल सेट
बैशाख ११, २०८१ मंगलबार
स्वास्थ्यमन्त्री यादव अमेरिका जाँदै
बैशाख ११, २०८१ मंगलबार