विश्वनाथ र रामेश्वरम् ज्योर्तिलिङ्ग स्थापना गरिने
नेपालबहस संवाददाता
भदौ ३, २०७६ मंगलबार १६:३८:३
३ भदौ, बैतडी । जिल्लामा विश्वनाथ र रामेश्वरम् ज्योर्तिलिङ्ग स्थापना गरिने भएको छ । मानसखण्ड पुराणमा उल्लेख भएअनुसार पाटन नगरपालिका–६ को चौखुडामा रामेश्वरम् र वडा नं ३ को वनारसीधाममा विश्वनाथ ज्योर्तिलिङ्ग स्थापना गर्न लागिएको हो ।
नेपालका प्रथम ऐतिहासिक जगत्गुरु बालसन्त मोहनशरण देवाचार्यले अध्ययन तथा अनुसन्धान गरेअनुसार ज्योर्तिलिङ्ग स्थापना गर्ने कार्य शुरु गरिएको रामेश्वरधाम संरक्षण समितिका संयोजक कमल बोहराले जानकारी दिए।
पातालभुवनेश्वर धामबाट बग्ने रामगङ्गा नदी ९बगडी० र सरयु नदी ९सुर्नया०को सङ्गमस्थल वडा नं ६ चौखुडामा ज्योर्तिलिङ्ग स्थापना गरिने बोहराले जानकारी दिए ।
यस्तै पौराणिक सरयु ‘सुर्नया’ नदीको किनार वडा नं ३ स्थित बनारसीधाममा विश्वनाथ ज्योर्तिलिङ्ग स्थापना गरिने भएको छ । दुवै ठाउँमा ज्योर्तिलिङ्ग स्थापनाका लागि मन्दिर निर्माण गर्न जगत्गुरु देवाचार्यको उपस्थितिमा शिलान्याससमेत गरिएको छ ।
विश्वनाथधाममा मन्दिर निर्माणका लागि धनीदत्त भट्ट र रामेश्वरधाममा मन्दिर निर्माणका लागि रामसिंह विष्टको अध्यक्षतामा समितिसमेत गठन गरिएको छ ।
जिल्लालाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न ज्योर्तिलिङ्ग स्थापनाले महत्वपूर्ण भूमिका खेल्ने जगत्गुरु देवाचार्यले बताए। पुराणमा लेखिएका कुराका बारेमा जानकारी नहुँदा र यहाँका धार्मिकस्थलको प्रचारप्रसार नहुँदा प्रसिद्ध धाम ओझेलमा परेका उनले बताए ।
यहाँका तीर्थको महिमाका बारेमा पुराणमा उल्लेख गरिएको भए पनि प्रचारप्रसार अभावमा ओझेलमा परेका जगत्गुरुको भनाइ छ । तीर्थाटनका लागि हजारौँ खर्च गरेर भारतका विभिन्न स्थानमा जाने परिपाटी भएकाले आफ्नै ठाउँका तीर्थको पहिचानका लागि आफूले अभियानसमेत चलाएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनमैजुमा आजदेखि अजिमा जात्रा सुरु
बैशाख १०, २०८१ सोमबार
साल्पा सिलिचुङमा ‘सुम्निमा-पारुहाङ र नछुङ’को प्रतिमा स्थापना
बैशाख ९, २०८१ आइतबार
कुम्भमेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी
बैशाख ८, २०८१ शनिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
मन्त्रिपरिषदमा छिर्यो सहकारी ठगीको विषय
बैशाख १३, २०८१ बिहिबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा शाहीसहित ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार
सडकमा पल्टिएको जीप
बैशाख १३, २०८१ बिहिबार
रुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार