क्याप्टेन दधिराम निरौलाको आकाश यात्रा बजारमा
नेपालबहस संवाददाता
भदौ ३, २०७६ मंगलबार १६:४७:११
३ भदौ, काठमाडौं । क्याप्टेन दधिराम निरौलाको पुस्तक ‘आकाश यात्रा’ बजारमा सार्वजनिक भएको छ । कार्यक्रमका प्रमुख अतिथी सत्यमोहन जोशी लेखक तथा क्याप्टेन डिआर निरौला प्रकाशक घोष्ट राईटिंग नेपालका अध्यक्ष कमल ढकाल तथा क्याप्टेन भिके श्रेष्ठ ,क्याप्टेन कोश कुमार थापा , क्याप्टेन बिएन अमात्य , निरौला पत्नि वीना लगायतकाले सयुक्त रुपमा पुस्तकको लोकार्पण गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथी शताब्दी पुरुष सत्यमोहन जोशीले आकाश बिदामा लेखेको यो पहिलो किताब आफुले पहिलो विमोचन गरेको बताएदै भने, “ नेपालमा आकाशको बिधामा धेरै किताब नभएकोले यो आकाश यात्रा किताबले भोलीको पुस्तालाई एक दस्तावेज छाडेको छ ।”
क्याप्टेन कोश कुमार थापाले पाईलटको जीवनमा धेरै रमाईलो र रोमान्चक घटना हुन्छन त्यो कुरा क्याप्टेन निरौलाले यस पुस्तकमा लेखेकोले पुस्तक रोमान्चक रहेको बताए ।
प्रकाशक र लेखनको संश्था घोष्ट राईटिंग नेपालले नेपालमा मानव जीवनको दस्तावेज बनाउन आफुहरुले सुरु गरेकोले पुर्खाको ईतिहासले पुस्ता बदल्ने यो अभियानको पछिल्लो कडि यो पुस्तक भएको बताए । उनले भने, “ जीवन एक पल्ट मात्र पृथ्वीमा आउने हुनाले आफ्नो जीवनको दस्तावेज बनाउनु जरुरी छ त्यो काम दधिराम निरौलाले गर्नु भएकोमा खुशी लागेको छ ।”
क्याप्टेन पत्नी बीना निरौलाले पाईलटको जीवन आकाशमा हुने पत्नीको जीवन धर्तिमा हुने हुनाले सधै लागेको डरको पनि यो पुस्तक दस्तावेज भएको बताए ।” पाईलटको जीवन परिवारको लागि एकदमै कम हुदाको असन्तुष्टि भए पनि किताब बन्दा खुशी लागेको छ ।
लेखक दधिराम निरौलाले एक मानवले भोगेको जीवन अर्को मानवको लागि प्रेरणा हुन्छ तपाई किताब लेख्नुस भन्ने पुर्व गभर्नर गणेश बाहादुर थापाको भाईले प्रेरित गरेर र घोष्ट राईटिंग नेपालले करबल गरेर जीवनको पुस्तक बनाएको बताए।”
आफ्नो बेलाको पाईलटको दुख संघर्षको साथै आकाशको यात्रा भएकोले पुस्तकको नाम आकाश यात्रा संघर्ष र अनुभुति राखिएको हो ।” कार्यक्रममा प्रोफेसर निरौला , लेखक नातीना सारांशा र ले र हवाई क्षेत्रका रोशन श्रेष्ठ लगायतले पुस्तक र लेखकको बारेमा प्रकाश पारेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक
चैत २५, २०८० आइतबार
‘भागु’ राष्ट्रिय बाल नाटक मेलाको सर्वोत्कृष्ट नाटक घोषित
चैत ३, २०८० शनिबार
पोखरामा ‘कखरा’ उपन्यासमाथि चर्चा
माघ २८, २०८० आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार