हङ्कङमा नौ सय ३६ वटा ट्विटर र फेसबुक खाता बन्द !
नेपालबहस संवाददाता
भदौ ३, २०७६ मंगलबार १७:०:२८
३ भदौ, एजेन्सी । चीनले सामाजिक सञ्जालबाट हङ्कङमा भइरहेको आन्दोलनबारे भ्रामक सूचना फैलाउने अभियान चालेको पत्ता लागेपछि नियन्त्रणका लागि उपयुक्त कदम चालिएको सामाजिक सञ्जाल ट्विटर र फेसबुकले बताएका छन्।
भ्रामक सूचना फैलाउने अभियान चालेको थाहा पाएपछि ट्विटरले ‘हङ्कङमा राजनीतिक द्वन्द्व सिर्जना गर्न खोज्ने’ नौ सय ३६ खाताहरू हटाइएको समाचार एजेन्सी बिबिसीमा उल्लेख छ ।
मुख्यभूमि चीनबाट सञ्चालित ती खाताहरू सङ्गठित रूपबाट हङ्कङको राजनीतिक अवस्था र त्यसको वैधतालाई कमजोर पार्ने उद्देश्यबाट सञ्चालित भएको उक्त सामाजिक सञ्जालले जनाएको छ। फेसबुकले पनि सातवटा फेसबुक पेज, तीनवटा ग्रूप र पाँचवटा खाता हटाइएको जनाएको छ।
फेसबुकका साइबर सुरक्षा नीति प्रमुख नथानियल ग्लेचरका अनुसार त्यहाँ बारम्बार स्थानीय राजनीतिक समाचार र खासगरी चलिरहेको हङ्कङको प्रदर्शनबारे लेखिन्थ्यो यसकारण यस्ता खाताहरु हटाइएको बिबिसीमा उल्लेख छ ।
यता ट्विटरले आफ्नो एउटा विज्ञप्तिमा भनेको छ, ‘हाम्रो विस्तृत अनुसन्धानपछि सङ्गठित रूपमा ९चीन० सरकार समर्थित काम रहेको देखिने बलिया प्रमाणहरू भेटिएका छन्।’ ती खाताहरूमा हङ्कङ आन्दोलनबारे उस्तै शैलीमा सन्देश एवं विचारहरू देखापर्थे।
गत सप्ताहान्तमा चीनको सरकारी समाचार संस्था सिन्ह्वाले ट्विटरमा प्रायोजित पोस्टहरू गरेपछि ट्विटरको निकै आलोचना भएको थियो। ट्विटरले अबआइन्दा राज्यनियन्त्रित कम्पनीबाट विज्ञापन नलिने घोषणा गरेको छ। तर उसले आफ्ना नयाँ नीति स्वतन्त्र-सार्वजनिक प्रसारकहरूका हकमा लागु नहुने बताएको छ।
मुख्यभूमि चीनमा ट्विटर पहिल्यै प्रतिबन्धित भए पनि मानिसहरूले भीपीएन भनिने भिन्न इन्टरनेट मार्गको प्रयोग गर्दै त्यसलाई प्रयोग गर्दै आइरहेका थिए । केही समयअघि प्रस्तुत एउटा विधेयकमा मुख्यभूमि चीन, ताइवान र मकाउबाट आपराधिक सुपुर्दगीको अनुरोध आएमा हङ्कङ अदालतले प्रत्येक मुद्दाका आधारमा गरेको निर्णयमा आधारित भएर सुपर्दगी गर्न सकिने व्यवस्था राखिएको थियो।
ताइवानमा बिदा मनाउन गएका बेला हङ्कङका एक व्यक्तिले आफ्नी प्रेमिकाको हत्या गरेको आरोप लागेपछि ताइवान सुपुर्दगी गर्न नसकेको सन्दर्भ पारेर यो विधेयक ल्याइएको थियो।
चीन सरकारले राजनीतिक विपक्षीहरूलाई तारो बनाउन सो विधेयकका आधारमा बन्ने कानुनको दुरुपयोग हुने त्रासका कारण हङ्कङमा त्यसको विरोध भएको थियो। त्यस बेलादेखि नै हङ्कङ आन्दोलित छ।
त्यस क्रममै गत साता त्यहाँ विमानस्थल नै बन्द हुनेगरी ठूला प्रदर्शनहरू भएका थिए। चीन सरकारले त्यसमा विदेशी हात रहेको भन्दै हस्तक्षेप गर्ने बताउँदै आएको छ। चीनले प्रदर्शनकारीहरूमाथि आतङ्ककारीजस्तो व्यवहार गरेको आरोप लगाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतले बेच्यो फिलिपिन्सलाइ सुपरसोनिक क्रुज मिसाइल
बैशाख ८, २०८१ शनिबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
प्लास्टिक प्रदूषण अन्त्य गर्न क्यानाडाले राष्ट्रसङ्घीय कार्यक्रमको आयोजना गर्ने
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
चीनिया आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध
बैशाख ८, २०८१ शनिबार
भारतले बेच्यो फिलिपिन्सलाइ सुपरसोनिक क्रुज मिसाइल
बैशाख ८, २०८१ शनिबार
आइपिएलमा आज दिल्ली र सनराइजर्स खेल्दै
बैशाख ८, २०८१ शनिबार
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङ भिड्दै
बैशाख ८, २०८१ शनिबार
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
बैशाख ८, २०८१ शनिबार