योजना आयोगका कर्मचारी बच्चु केसीद्वारा आत्महत्या,किन बढ्दै छ आत्महत्या गर्ने प्रवृत्ति ?
इन्द्र रिजाल
भदौ ३, २०७६ मंगलबार १९:२२:४७
काठमाडौं । पछिल्लो समय निजामती कर्मचारीले आत्महत्या गर्ने क्रम ह्वात्तै बढेको छ । आज बिहान सरकारको केन्द्रीय सचिवालय सिंहदरबारमा एकजना कर्मचारी मृत फेला परेका छन् ।
राष्ट्रिय योजना आयोगमा कार्यरत नायबसुब्बा बच्चु केसी आज बिहान मृत अवस्थामा फेला परेको प्रहरी प्रभाग सिंहदरबारले जनाएको छ । मृतक केसी हिजो साँझ कार्यालयमै बसेको प्रहरीले जनाएको छ । केसीले बिष सेवन गरेको आशंका प्रहरीको रहेको छ । यसबारे थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।
अनौठो संयोग चाहिं केपी शर्मा ओली सत्तामा आएपछि कर्मचारीले आत्महत्या गर्ने क्रम भने बढेको छ । एक महिनाअघि मात्र ललिता निवास प्रकरणमा मुछिएका युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका थिए । उनी पनि मालपोत कार्यालय ,डिल्ली बजारका कर्मचारी थिए ।
यस्तै त्रिभुवन विश्वविद्यायको उत्तर पुस्तिका परीक्षणमा दोषी मानिएका रामबहादुर पाण्डे थरका कर्मचारीले पनि डेढ महिना अघि आत्महत्या गरेका थिए । त्रिपुरेश्वरको राधा भवनबाट पूर्व कर्मचारी रामबहादुर पाण्डे क्षेत्रीले हाम्फालेर आत्महत्या गरेका थिए । पाण्डे विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यार्थीको परीक्षामा अनियमितता गरेको भन्दै विशेष अदालतमा मुद्दा दर्ता गराएको थियो ।
दुई साता अघि मात्रै उदयपुर निवासी एक नायव सुब्बाले पनि नजिकैको जंगलमा पासो लगाई आत्महत्या गरेका थिए । भ्रष्टचार मुद्दा लागि निलम्बनमा परेका उदयपुरका हरि आर्चायले आत्महत्या गरेका थिए । आचार्यले आत्महत्या गुर्नअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेको नाममा सुसाइड नोट लेखेको फेला परेको थियाे ।
उदयपुरको त्रियुगा नगरपालिका–१० का ५५ वर्षीय हरि आचार्य मालपोत कार्यालय कलकींमा कार्यरत रहँदा भ्रष्टचार मुद्दा लागेपछि निलम्बनमा परेका थिए । मृत्युअघि उनले लेखेको दुई पाना सुसाइड नोट प्रहरीले फेला पारेको थियो । सतीले सरापेको देश रहेछ, मैले दुई पैसा खाएको छैन्, तर देशको ठूलो भ्रष्टचारी भएँ’ उनले सुसाइडनोटमा लेखेका छन्–‘अख्तियार प्रमुख नवीनकुमार घिमिरेको आयु २०० वर्ष होस्, म जस्ता निर्दोषलाई विशेष अदालतमा मुद्दा छ, रमेश भाई काठमाण्डौंले सहयोग गर्नू ।
उनले सुसाइड नोटमा घरपरिवारलाई पनि सन्देश दिएका छन् उनी उनले लेखेका छन्, ‘आफ्नो नाममा पुराण लाउने काम नगर्नु र नउक्साउनु, मलाई सबैले राम्रो देख्लान तर पारिवारिक वातावरण मिलाउन सकिन, कामबाट चोखिने काम मात्र गर्नु, मैले कामगर्दा भएको गल्ती हो स्वीकार गरेको थिएँ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार