साफ यू–१५ फुटबल भोलीदेखि सुरु हुँदै, नेपाल उपाधि जित्ने दाउमा !
प्रतियोगिताअघि नेपालले मंगलबार अन्तिम तयारी स्वरुप कल्याणी रंगशालामा अभ्यास खेल खेल्दै
Advertisement

३ भदौ, काठमाडौं । भारतको कल्याणीमा पाचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिप बुधबार भोलीदेखि सुरु हुँदैछ ।

प्रतियोगिताअघि नेपालले मंगलबार अन्तिम तयारी स्वरुप कल्याणी रंगशालामा अभ्यास खेल खेलेको छ । अहिले सम्म उपाधि जित्न नसकेको नेपालले यस पटक भने उपाधि जितेर नेपाल ल्याउने योजनामा रहेको छ ।

प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन् । राउण्ड रोविनको आधारमा खेलाईने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।

Advertisement

नेपालले भोली भारतको सामना गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै नेपालले शुक्रबार श्रीलंका, तेस्रो खेलमा आईतबार बंगलादेश र अन्तिम खेलमा अर्को साताको बुधबार भुटानको सामना गर्नेछ ।

नेपाली टिममा गोलरक्षक स् ईश्वर गुरुङ, मनोज दाहाल र जिनस केसी रहेका छन् । यस्तै डिफेन्डरमा प्रज्ञान महर्जन, अभिषेक वाईवा, प्रमिश गुरुङ, अजय चौधरी, जान लिम्बु, रोशन थापा रहेका छन् ।

भने मिडफिल्डरमा जन्मे जय धामी, निराजन मल्ल, प्रदिप लम्साल, नितेश श्रेष्ठ, अशिम राई, विपिन तुम्सिङ मगर, अमिर हामिद, मोहित गुरुङ, निराजन खत्री र अनिल चौधरी रहेका छन् । साथै स्ट्राइकरमा क्रिशन अधिकारी यादव, क्रिस सापकोटा, सुगन जिमी र शशांक बोहोरा टिममा समावेश छन् ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्