भारतसँग नेपालको फराकिलो हार
Advertisement

४ भदौ, काठमाडौं । पाचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले फराकिलो हार व्यहोरेको छ ।

भारतको कल्याणीमा बुधबार भएको पहिलो खेलमा नेपाल आयोजक भारतसँग ५-० गोल अन्तरले पराजित भएको हो ।कल्याणी रंगशालामा भारतविरुद्ध खराब प्रदर्शन गरेको नेपालले पहिलो हाफमा ३ गोल खाएको थियो ।

यस्तै दोस्रो हाफमा दुई गोल खाएको थियो । भारतको जितमा महेसनले दुई गोल गरे । यस्तै अनिश मजुमदार, टाईसन सिंह र सिद्धार्थले एक एक गोल गरे ।

Advertisement

उपाधि जित्ने लक्ष्यसहित भारत पुगेको नेपालले अब शुक्रबार श्रीलंकासँग खेल्नेछ । यस्तै नेपालले तेस्रो खेलमा अर्को मंगलबार बंगलादेश र अन्तिम खेलमा बिहिबार भुटानको सामना गर्नेछ ।

प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन् । राउण्ड रोविनको आधारमा खेलाईने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्