पृथ्वीराजमार्ग
Advertisement

५ भदौ विराटनगर । गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परी मोरङमा १०५ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख शिवराज पोखरेलका अनुसार सो अवधिमा जिल्लाभरिमा ४८४ दुर्घटना भएको थियो । सो दुर्घटनामा परी ८५४ घाइते भएका थिए ।

आर्थिक वर्ष २०७३/७४ मा ४३४ दुर्घटनाबाट १०४ जनाको मृत्यु भएको थियो भने ८२५ घाइते भएका थिए । आव २०७४/७५ मा ५०३ सवारी दुर्घटनामा १०९ को मृत्यु र ८२८ घाइते भएका थिए ।

सडकको दुरावस्था, तीव्र गति, ओभरलोडजस्ता कारणले दुर्घटना हुने गरेको ट्राफिक प्रहरी निरीक्षक पोखरेलले बताए । यस्तै, सवारी कारवाहीबाट गत आर्थिक वर्षमा रु तीन करोड ८४ लाख ६९ हजार राजश्व सङ्कलन भएको छ भने आव २०७३/७४ मा रु एक करोड ९९ लाख ६६ हजार र आव २०७४/७५ मा रु तीन करोड ४१ हजार राजश्व सङ्कलन भएको कार्यालयबाट थाहा भएको छ ।

Advertisement

आव २०७५/७६ मा ६५ हजार १३३, आव २०७३/७४ मा ३३ हजार ८८३ र आव २०७४/७५ मा ५४ हजार ८१६ सवारीसाधन कारवाहीमा परेका छन् ।

राधाकृष्ण रथयात्राका लागि सुदृढ सुरक्षा व्यवस्था
यस्तै, भदौ ७ गते विराटनगरको पोखरियाबाट निस्किने श्री राधाकृष्ण रथयात्राको सुरक्षाको राम्रो प्रबन्ध मिलाएको प्रहरी उपरीक्षक विश्वराज अधिकारीले जानकारी दिए। लगभग सात किमी दूरी तय गर्ने रथयात्रामा एक हजार ५०० भन्दा बढी प्रहरी परिचालन हुने र नगर क्षेत्रमा जडान भएका सबै सिसी क्यामेरामा निगरानी गरिने व्यवस्था मिलाएको उपरीक्षक अधिकारीले बताए ।

Advertisement
अघिल्लो लेखभारी वर्षापछि पहिरो : तीन गाउँका बस्ती जोखिममा
अर्को लेखपँधेरामा पालो पर्खनु पर्दैन, अब खुशिका दिन आए !
नेपालबहस संवाददाता
नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल https://www.youtube.com/channel/UC1g7sQeuhWB-EHILhd_ZS7Q/ पनि सञ्चालनमा छ ।नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्