पँधेरामा पालो पर्खनु पर्दैन, अब खुशिका दिन आए !
Advertisement

५ भदौ, गुल्मी । गुल्मीको इस्मा गाउँपालिका–२ अन्तर्गत रातडाडाँको सीमान्तकृत कुमाल समुदायमा यतिबेला निकै खुशी छाएको छ ।

उनीहरुमा खुशी छाउनुको कारण गाउँमा कुनै ठूलो उत्सव, पर्व र भोजभतेरमा रमाएर होइन, आफ्नै घरआँगनमा छङ्छङ् गर्दै खानेपानीको धारा खस्न थालेपछि यतिबेला उनीहरुको जीवनमा थप खुशी थपिएको हो ।

“पहिले त बिहानै ५ बजे उठेर पँधेरामा जानुपथ्र्यो, त्यहाँ पनि पालो पर्खनुपर्ने, कहिलेकाहीँ त पँधेराको पानी पनि सकिएर रित्तै गाग्री बोकेर फर्कनुपथ्र्यो, अहिले घरमै धाराबाट पानी खसेपछि निकै खुशी भएका छौँ”, स्थानीयवासी धनिकला कुमालले भने ।

Advertisement

विगत लामो समयदेखि खानेपानीको चरम अभाव खेप्दै आएका यहाँका कुमाल बस्तीमा नेपाल रेडक्रस सोसाइटी गुल्मी शाखाबाट विपद् उत्थानशील समुदाय निर्माणका लागि सामुदायिक पहल कार्यक्रमद्वारा रातचौर खानेपानी आयोजना सम्पन्न गरेपछि घरमै धाराबाट पानी खस्न थालेपछि उनीहरु खुशी भएका हुन् ।

बेदादी सामुदायिक विपद् व्यवस्थापन समितिमार्फत सो आयोजना सम्पन्न भएको थियो । आयोजना सम्पन्न भएपछि अहिले उक्त बस्तीका बासिन्दाहरु विगतका पीडा र दुःखका कथाहरु बिर्सन थालेका छन् । नेपाल सरकार र इस्मा गाउँपालिकाको एक घर, एक धाराको नीतिअनुसार गरीबीको रेखामुनि रहेका विपन्न परिवारमा रेडक्रसको सहयोग र स्थानीयवासीको श्रमदानबाट खानेपानी पु¥याएका हुन् ।

खानेपानीको अभावमा एक गाग्री पानी ल्याउन एकाबिहानै भालेको डाँकोसँगै उठेर एक हातले आँखा मिच्दै र अर्को हातले डोको समाउँदै घण्टौँसम्म कुवामा पालो कुरेर बस्नुपर्ने कुमाल बस्तीमा यतिबेला खानेपानीको समस्या समाधान भएको स्थानीयवासी यमबहादुर कुमालले बताए ।

घर आँगनमा खानेपानीको धारा खसेपछि एकातिर वर्षौदेखिको उनीहरुको खानेपानीको समस्या समाधान भएको छ भने अर्कोतिर समयको पनि बचत भएको छ ।

नेपाल रेडक्रस सोसाइटीको रु नौ लाख ५० हजार र स्थानीय उपभोक्ताको करीब रु तीन लाख जनश्रमदान गरी कूल रु १२ लाख ५० हजार लागतमा उक्त खानेपानी योजना सम्पन्न भएको हो । गाउँमा खानेपानीको स्रोत नभएपछि गाउँलेले तीन किलोमिटरभन्दा टाढाको दूरीबाट ४२ घरपरिवारमा खानेपानी पु¥याएका हुन् ।

नेपाल रेडक्रसले विपद्को क्षेत्रमा मात्र नभई मानव जीवनसँग प्रत्यक्षरुपमा जोडिएको स्वास्थ्य र सरसफाइको क्षेत्रमा पनि सहयोग पु¥याउनुपर्छ भन्ने उद्देश्यले खानेपानीको समस्यामा परेका सीमान्तकृत बस्तीमा सहयोग गरेको नेपाल रेडक्रस गुल्मी शाखा सभापति अनुपकुमार श्रेष्ठले बताए ।

यसरी घर–घरमा खानेपानी पुगेपछि त्यहाँका स्थानीयवासीले एक कार्यक्रमको आयोजना गरी एकापसमा अबिर र टीका लगाई खुशीयालीसमेत साटासाट गरेका थिए ।

Advertisement
अघिल्लो लेखसवारी दुर्घटना : मोरङमा १०५ जनाको मृत्यु !
अर्को लेखचितवनमा १०६ जनामा डेङ्गु
नेपालबहस संवाददाता
नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल https://www.youtube.com/channel/UC1g7sQeuhWB-EHILhd_ZS7Q/ पनि सञ्चालनमा छ ।नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्