नेपाली सेनाद्धारा छात्रछात्राहरुलाई तालिम
नेपालबहस संवाददाता
भदौ ५, २०७६ बिहिबार २०:५३:१२
५ भदौ, विरगंज । नेपाली सेनाद्धारा सेन्ट जेभियर्स मा.वी र बुद्ध फाउन्डेसन कलेजमा अध्ययनरत ३६ जना छात्रछात्राहरुलाई सेना तालिमको प्रक्रीया अगाडी बढाईएको छ । आजदेखि सुरु भएको तालीम २०७६ पुष १८ गते संचालन हुन्े सेनानी महेश कुमार थापाले जानकारी दिए ।
तालिम लिई रहेका ३६ जना छात्रछात्राहरुले तालिम सम्पन्न पश्चात नेपाली सेनामा भर्ना प्रक्रीयाको सुचना प्रकाशीत अनुसार जागिरको लागि फारम भरेमा तालिममा थप सुविधा पाउने सेना श्रोतले बताएका छन् ।
आईतवार भाद्र ८ गते बाट निरन्तर रुपमा सेन्ट जेभियर्स मा.वी को प्राँगण मा राष्ट्रिय सेवा दलद्धारा तालिमको सुभारम्भ गरिने भएको छ । तालिम को अन्तमा वर्दिवास स्थीत रहेका सेनाको तालिम केन्द्रमा २१ दिनको विशेष तालिम गराई कार्यक्रम सम्पन्न गरिने छ ।
बुद्ध फाउण्डेशनको सभाहल मा भएको कार्यक्रममा बुद्ध फाउण्डेशनका निर्देशक तथा प्याब्सन पर्साका अध्यक्ष डा.हरिशंकर साह, प्रधानध्यापक सुमन श्रेष्ठ र नेपाली सेना राष्ट्रिय सेवा दलका सेनानी महेष कुमार थापा र सञ्चारकर्मीहरु मा नेपाल टेलिभिजनका नेहाल खान ,अनलाईन खबरका मनोज पटेल लगायतको उपस्थिती रहेको थियो ।
छात्रछात्राहरुलाई ३ तहमा प्रशिक्षण
विरगंज पब्लिक कलेजद्धारा कक्षा ११ मा नयाँ प्रवेश गरेका ७५० जना छात्रछात्राहरुलाई ३ तहमा “Welcome and Training program on Sell Yourself ” कार्यक्रम गराईएको छ । वीरगंज को होटल भिष्वा मा भाद्र ४ गते देखी सबैको कार्यक्रम ६ गते शुक्रवार सम्पन्न हुने वीरगंज पब्लिक कलेज का निर्देशक डा.दिपक शाक्य ले जानकारी दिए ।
कार्यक्रम मा प्राय जसो कलेज का अध्यन गर्दा अनुशासित भई अध्यन गर्ने अभिभावकहरुसँग झुठो नबोली कलेजमा निरन्तर रुपमा अध्यन गर्ने केहि समस्याहरु अध्यन को क्रममा आई पर्दा सर्व प्रथम कलेजका अभिभावक लाई जानकारी गराउने त्यस पछि आफनो अभिभावकहरुलाई समस्या पोखने जस्ता प्रशीक्षण को क्रममा निर्देशक डा.दिपक शाक्यले बताउनु भएको थियो ।
३ दिने स्वागत र प्रशीक्षण कार्यक्रममा २ सय ५० जना छात्रछात्राहरुको प्रत्येक दिन सहभागीता रहेको थियो । प्रशीक्षण कार्यक्रम को शुभारम्भमा अतिथीहरु लाई स्वागत, सांस्कृतीक कार्यक्रम तथा अतिथीहरु को मन्तव्य समेत रहेको थियो । कार्यक्रममा कलेजका निर्देशक डा.दिपक शाक्य, प्रधानध्यापक युगल सर, हरिरत्न तुलाधर र वासुदेवलाल कर्ण रहेका थिए ।
त्यसै गरी प्रमुख अतिथी मा वीरगंज उद्योग वाणिज्य संंघका सुबोध गुप्ता, अतिथीहरुमा गौतम मा.वी का सोनम लामा , ग्रीन सिटीका जयप्रकाश खेतान, जिवन ज्योती मा.वी का शिव गुप्ता, नेपाद टेलिभिजन का नेहाल खान लगायतको उपस्थिती रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनाको हिमाल सफाइ टोली आज नाम्चेबाट सगरमाथा तर्फ प्रस्थान
बैशाख ५, २०८१ बुधबार
सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली
बैशाख ३, २०८१ सोमबार
सैनिक प्रवक्ताको जिम्मेवारी केसीलाई हस्तान्तरण
बैशाख ३, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार