नेप्से झिनो अङ्कले घट्यो
नेपालबहस संवाददाता
भदौ ५, २०७६ शुक्रबार १:३५:३६
५ भदौ, काठमाडौं । यस साता धितोपत्र बजारका कारोवार मापक नेप्से परिसूचक उतारचढावपूर्ण रहेको छ । साताको अन्तिम दिन आज नेप्सेमा झिनो अङ्कको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ०.९९ बिन्दुले घटेर एक हजार २१३.०६ बिन्दुमा झरेको छ ।
यस्तै सेन्सेटिभ परिसूचक भने ०.२९ बिन्दुले बढेको छ । नेप्से ओरालो लागेसँगै कारोवार रकममा समेत गिरावट आएको छ । कूल १७२ कम्पनीको १० लाख ७७ हजार ७२० कित्ता शेयर रु २६ करोड १६ लाख ७० हजार २०३ मूल्यमा खरीद बिक्री भए ।
कारोवार भएका १२ उपसमूहमध्ये आठ उपसमूहको शेयर ओरालो लागेको छ भने चार उपसमूहको शेयर बढेको छ । बैंकिङ ०.७१, व्यापार ४.८२, विकास बैंक ५.१६, जलविद्युत् २.८६, वित्त ३.७६, निर्जीवन बीमा ४२.०१, उत्पादन ५.११ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले ओरालो लागेको छ । यस्तै होटल ११.१६, अन्य २.३, लघुवित्त १.१७ र जीवन बीमा ६.३ बिन्दुले बढेको छ ।
कारोवारका आधारमा आज एनआइसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु एक करोड ९१ लाख ४० हजार ८११ बराबरको कारोवार भयो ।
यस्तै प्रभु बैंक रु एक करोड ६६ लाख ७७ हजार ५५१, कृषि विकास बैंक रु एक करोड २० लाख ७३ हजार १६६, देवः विकास बैंकको संस्थापक शेयर रु ९८ लाख ६२ हजार ३५०, नेपाल बैंक लिमिटेड रु ८७ लाख ८७ हजार ७४६, नेपाल इन्भेस्टमेन्ट बैंक रु ७९ लाख ५७ हजार ७४३ र महालक्ष्मी विकास बैंक रु ७४ लाख १६ हजार ६५७ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
कारोवारका आधारमा सबैको लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.९६ प्रतिशतले कमाए । यस्तै सिभिल लघुवित्त वित्तीय संस्था ५.४२, दिव्यश्वरी हाइड्रोपावर ५.२६, रिडी हाइड्रोपावर ४.७६, नबिल इक्विटी फण्डका लगानीकर्ताले ३.८४ प्रतिशतले कमाए ।
यस्तै सिर्जना फाइनान्स ४.७४, विशाल बजार कम्पनी ३.६७, नेपाल इन्स्योरेन्स कम्पनी ३.२४, लक्ष्मी भ्याल्यू फण्ड ३.१७ र एभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीले २.७३ प्रतिशतले गुमाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा सामान्य वृद्धि, हिमालयन उर्जा विकासको शेयरमा सकारात्मक सर्किट !
चैत १५, २०८० बिहिबार
आज नेप्सेमा दोहोरो अङ्कको गिरावट
चैत १४, २०८० बुधबार
प्रि-ओपन सेसनमा नेप्से सामान्य बढ्यो
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार