सामाजिक संजालको दुरुपयोगबाट अपराधिक गतिविधि बढे
Advertisement

५ भदौ, काठमाडौं । महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यतामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत South Western State Collage अध्ययनरत विद्यार्थीहरूसँग प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक क्षेत्रीले साइबर क्राइम, सामाजिक संजाल प्रयोग सम्बन्धी चेतनामूलक प्रशिक्षण दिदै अपराधबाट बच्ने विभिन्न उपायहरुको जानकारी दिए।

Advertisement

उनले सामाजिक संजालको दुरुपयोगबाट अपराधिक गतिविधिहरु बढ्दै गएको चर्चा गर्दै त्यस्ता अपराधबाट बच्न सदैब सजग हुन समेत आग्रह गरे।

प्रविधिको गलत प्रयोगले समाजमा अपराध बढदै गएको र सामाजिक संजाल प्रयोग गर्दा आफ्ना अभिभावक र बालबालिका बिच पासवर्ड आदान-प्रदान गरी बालबालिकाले के गर्दैछन भनि निगरानी गर्ने गरिएमा ठुलो घटनाबाट बच्न र बचाउन सकिने बताए ।

महानगरीय प्रहरी वृत्त महाराजगंजको आयोजनामा संचालित कार्यक्रममा South Western State Collage बसुन्धाराका प्राचार्य डा.राजेन्द्र के.सी.ले कार्यक्रममा धन्यबाद ज्ञापन गर्दै व्यवहारीक जीवनमा अत्यन्तै आवश्यक पर्ने प्रशिक्षणका क्रममा दिएका कुराहरू सम्पूर्ण विधार्थी भाइ बहिनीहरूको लागी मार्ग दर्शक हुने बताए ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्