डा.डी आर उपाध्यायको सुहागरात सार्वजनिक
नेपालबहस संवाददाता
भदौ ६, २०७६ शुक्रबार १५:३१:५६
६ भदौ, काठमाडौं । बरिष्ठ गीतकार तथा साहित्यकार डा. डीआर उपाध्यायको नयाँ गीत‘ सुहागरातमा’ सार्वजनिक रेग्मी र निर्मल न्यौपानेलाई फिचरिङ गरिएको छ ।
प्रेम लामाले छायाँकन गरेको म्युजिक भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् । सुभाष प्रधानले निर्देशन गरेको सो भ्युजिक भिडियोमा सविताको उत्कृष्ट प्रर्दशन रहेको छ ।
६ वटा विधामा वर्ल्ड रेकर्ड राख्न सफल बरिष्ठ गीतकार उपाध्यायको शब्द,सन्तोष श्रेष्ठको संगीत तथा गायक आनन्द कार्की र गायिका निशा देशारको आवाजमा सजिएको गीतमा सुहागरातमा आफूलाई नसताउन आग्रह गरिएको छ भने अर्को तर्फ सुहागरातमा आएको भावना नछेक्ने आग्रह गरिएको छ ।
डा.डी आर उपाध्यायका ‘प्रणय’ ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’, ‘सहेली’, ‘परिष्कृत’, ‘कृति’ र ‘पृथक’ जस्ता गीति एल्बम स्रोता र दर्शकमाझ आएका छन् ।
त्यस्तै उनका ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘बज्रघात’, ‘अपवित्र छायाँ’, ‘बिटुली’ ‘दगाबाज’ र ‘अधुरो प्रेम’ जस्ता उपन्यास पाठकमाझ आएका छन् । ‘हिरो २०१९’बाट सम्मानित गीतकार डा डीआर उपाध्यायले एकै साथ ७ गीति एल्बमका ३६ ओटा गीत एकै पटक सार्वजनिक गरेर मिराकल वल्र्ड रेकर्ड, इण्डिया स्टार वल्र्ड रेकर्ड, एक्सकुलुसिभ वल्र्ड रेकर्ड, जीनस वल्र्ड रेकर्ड र एभरेष्ट वल्र्ड रेकर्डको प्रमाण पत्र प्राप्त गरिसकेका छन् ।
गीतकार संघ नेपालको नवौँ वार्षिकोत्सव कार्यक्रममा पनि डा डीआर उपाध्यायलाई ‘वर्ष गीत पुरस्कार’बाट पुरस्कृत गरिएको थियो ।थिएटरमा रमाउने रेग्मीले पछिल्लो समय म्युजिक भिडियोमा समेत प्रस्तुति दिँदै आएकी छिन् ।
सविता अहिले रंगमञ्चसँगै ठूलो पर्दाको चलचित्रको अभिनयमा व्यस्त छिन् । अशोक शर्माको ‘रातो टिका निधारमा’ मा अभिनय गरिरहेकी उनले म्युजिक भिडियोमा समेत अभिनय गर्दै देश तथा विदेशमा रहेका नेपाली माझमा छाएकी छिन् । डान्सबाट करिअर शुरु गरेकी सवितले विद्यार्थी हुँदा शिक्षक बन्ने सपना सजाएकी थिइन् ।
तर, नाच्न निपूर्ण उनले नाचेकै भरमा धेरैको मन जितेपछि अर्कै बाटो रोजिन् । सविताले रोजेको नयाँ बाटोले उनलाई अहिले हरेक नेपालीमाझ परिचित गराएको छ ।
राम्रो कलाकार बन्ने लक्ष्य बोकेकी सविता आधा दर्जन बढी विभिन्न डकुमेन्ट्रीमा समेत अभिनय गरेकी छिन् । सानैबाट नाच्न रुचाउने उनले नाचेरै अहिले पनि धेरैको मन जितेकी छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशमी साहित्य साधना सम्मान घोषणा
बैशाख ७, २०८१ शुक्रबार
आरभको एकल चित्रकला प्रदर्शन
चैत २५, २०८० आइतबार
साहित्य एवं कथाकार परशु प्रधानको निधन
चैत ६, २०८० मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
चीनिया आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध
बैशाख ८, २०८१ शनिबार
भारतले बेच्यो फिलिपिन्सलाइ सुपरसोनिक क्रुज मिसाइल
बैशाख ८, २०८१ शनिबार
आइपिएलमा आज दिल्ली र सनराइजर्स खेल्दै
बैशाख ८, २०८१ शनिबार
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङ भिड्दै
बैशाख ८, २०८१ शनिबार
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
बैशाख ८, २०८१ शनिबार