स्याङ्जा एन्फाको विवाद सकियो,स्थगित फुटवल लिग सुचारु
Advertisement

प्रकाश डोटेल
६ भदौ,स्याङ्जा । अखिल नेपाल फुटवल संघ (एन्फा) स्याङ्जाको आयोजना र स्मृती युवा क्लवको समन्वयमा संचालित क्लब स्तरीय फुटवल लिग सुचारु हुने भएको छ । लिगमा दर्ता भएका फुटवल क्लबबीच कागजपत्रमा किचलो हुँदा लिग स्थगित भएको थियो ।

जिल्ला सदरमुकाम पुतलीबजार नगरपालिका १३ लामपाटा खेल मैदानमा भएको लिग अन्तिम चरणमा पुगेर स्थगित भएको थियो । क्लबबीच देखिएको विवाद एन्फा स्याङ्जाका अध्यक्ष मुक्तबहादुर रानाको सक्रियतामा अन्त्य भएको छ ।

“१३ क्लब सहभागी भएको लिगमा अब १ क्वाटरफाईल, २ सेमिफाईल र फाईनल खेल मात्रै बाँकी छ ।” अध्यक्ष रानाले भने, “साउन १२ देखि शुरु भएर स्थगित भएको लिग भदौं ८ देखि शुरु गरेर १० गते फाईनल खेलाउने गरी तयारी गरिएको छ ।”

Advertisement

क्लबबीच देखिएको विवादले फुटबल खेलाडीमा छाएको निराशा हटेर गएको संघका पूर्व महासचिव प्रकाश रेग्मीले बताए । अध्यक्षको सक्रियतामा विवादित दुई क्लब सहमतिमा लिग हुने भएपछि खेलाडीहरु उत्साहित भएको रेग्मीले बताए ।

लिगको समापनमा अखिल नेपाल फुटबल संघ (एन्फा) नेपालका केन्द्रिय अध्यक्ष कर्माछिरिङ् शेर्पा आउने भएका छन् । पूर्व महासचिव रेग्मीका अनुसार संघले लिगमा प्रथम र द्धितीय हुने क्लबलाई नगद २५ हजार र १५ हजार दिने भएको छ, भने प्रथम हुने क्लब प्रदेश स्तरीय लिग खेल्न जान पाउनेछ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्