आखिर किन गले माधव नेपाल ? सुलहको खोजीमा दुतहरु परिचालन
Advertisement

६ भदाै,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरु व्यक्तिगत गाली गलौजमा उत्रिएपछि विकसित तनावले मुलुकको राजनीति नै तरंगित बनाई दिएको छ ।

दुईतिहाई नजिकको बहुमतका साथ जनताको मत पाएको पार्टीका शीर्ष नेताहरु नै पाँडे गालीमा झरेपछि पार्टीको भविष्य नै खतरामा परेको हो । यस्तो पार्टीमा काम गर्ने कार्यकर्ताको भविष्य नै अन्धकारमय भएको कतिपयको ठम्याई छ। हिजो बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेता माधवकुमार नेपाल र प्रधानमन्त्री खड्गप्रसाद ओलीबीच चर्काचर्की परेको थियो ।

प्रधानमन्त्री ओलीका दूतहरुसँग सुलह गर्न आफू तयार रहेको सन्देश दिइरहेका छन् । आज बिहानै उनी अर्का अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटार पुगी ओलीसँग व्यक्तिगत दुश्मनी नगर्ने जनाउ दिएका छन् । हिजोको वैठकमा आफ्नो र प्रधानमन्त्री ओलीबीच भएको विवादले पार्टीको शाख नै गिराएको भन्दै अब संयमित भएर बोल्ने जानकारी दिएका छन् । साथै ओलीसँग टकराव नगर्ने गरी सुलह गराउन प्रचण्डलाई आग्रह गरेको स्रोतको दावी छ ।

वास्तवमा हिजोको विवाद माधव नेपालकै कारण भएको सहभागी नेताहरुले बताएका छन् । नेता नेपाललाई वरियतामा घटाउने काम गरेपछि उनी आक्रोशित भएका थिए । त्यसको प्रतिक्रिया स्वरुप सचिवालय बैठकमा नेता नेपालले सात बुँदे असहमतिपत्र दर्ता गराएका छन् । हिजोको वैठकमा भएको चर्काचर्की तुरुन्तै अनलाईन मिडियामा सार्वजनिक भएको थियो ।

Advertisement

त्यसपछि नेता नेपालको शैली र प्रस्तुतीको सहभागीले आचोचना गरे । प्रधानमन्त्री स्वास्थ उपचारका लागि सिंगापुर जाने तयारीमा रहेकाले बैठकबाट स्वास्थलाभको कामना गर्न लागिएको थियो । तर नेता नेपाल भने आक्रमक मूडमा थिए । मन भित्रको पीडा बिसाउने मौकाको खोजीमा नेता नेपाल थिए । त्यसैले उनले ओलीप्रति गरेको कटाक्ष र टिप्पणी न्यूनस्तरको देखियो । प्रतिवादमा ओली पनि त्यही शैलीमा उत्रिए । जसले गर्दा विवाद झनै चर्किको थियो । विवाद ज्यादै चर्किएको र नेता नेपालको आलोचना हुन थालेपछि हच्किएका छन् ।

उनी ओलीसँगको सम्बन्ध थप चिसो नहोस् भन्ने चाहन्छन् ।  त्यसैले उनी हिजैदेखि यसमा सजग भएका छन् । प्रधानमन्त्री ओलीलाई आफ्नो सद्भाव देखाउन उनी विभिन्न च्यानलको प्रयोग गर्न लागेका छन् । यसक्रममा उनले हिजै बंगलादेशका लागि प्रस्तावित राजदूत डा. बंशीधर मिश्रमार्फत आफ्नो सन्देश ओली निकट कहाँ पु¥याएका छन् ।

व्यक्तित्वको टकराव रहेका यी दुबै नेताबीचको तिक्तता घटाउन नेता नेपालमाथि चर्काे दवाव परेपछि घटनाक्रमले नयाँ मोड लिएको छ । प्रधानमन्त्री ओलीका दूतहरुसँग सुलह गर्न आफू तयार रहेको सन्देश दिइरहेका छन् । आज बिहानै उनी अर्का अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटार पुगी ओलीसँग व्यक्तिगत दुश्मनी नगर्ने जनाउ दिएका छन् । हिजोको वैठकमा आफ्नो र प्रधानमन्त्री ओलीबीच भएको विवादले पार्टीको शाख नै गिराएको भन्दै अब संयमित भएर बोल्ने जानकारी दिएका छन् । साथै ओलीसँग टकराव नगर्ने गरी सुलह गराउन प्रचण्डलाई आग्रह गरेको स्रोतको दावी छ ।

त्यही विवाद सधैं गरेर बस्ने कुरा भएन, माधव कम्रेड र प्रधानमन्त्रीबीच सुलह नहुने कुरै भएन । साथै उनले डा. मिश्रले हिजै आफूसँग भेटेर पार्टी नेताहरुबीच भएको विवादलाई लिएर कार्यकर्ता तहमा अन्योल बढकोले यसलाई मिलाउनु पर्ने कुरा भएको स्पष्ट गरेका छन् ।

अध्यक्ष प्रचण्डले सो अवसरमा ओलीसँग भरे भोलि नै सम्पर्क गरी सुलहको बाटो खोज्ने प्रयत्न गर्ने जानकारी दिए । विवाद भए लगत्तै ओली सिंगापुर उडेका थिए । घटनापछि कोटेश्वरस्थित निवास पुगेका नेता नेपाललाई भेट्न पार्टी नेता तथा कार्यकर्ता आउन थाले । सो अवसरमा उनीहरुले अहिले ओलीसँग धेरै विवाद गर्दा घाटा हुनसक्ने भन्दै सुलह गर्दा नै वेश हुने सल्लाह दिएको स्रोतले जनाएको छ ।

त्यसलगत्तै नेता नेपालले बंगलादेशका लागि प्रस्तावित राजदूत डा. मिश्रलाई आफ्नो निवास डाकेर सुलह गराउन भनेका थिए । डा. मिश्रले नेता नेपालको सन्देश ओलीको सल्लाहकार टिमलाई सुनाएका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले यसको पुष्टी गरेका छन् । उनले भने जीवन्त पार्टीमा यस्ता सानातिना विवाद हुनु स्वभाविक हो । त्यही विवाद सधैं गरेर बस्ने कुरा भएन, माधव कम्रेड र प्रधानमन्त्रीबीच सुलह नहुने कुरै भएन । साथै उनले डा. मिश्रले हिजै आफूसँग भेटेर पार्टी नेताहरुबीच भएको विवादलाई लिएर कार्यकर्ता तहमा अन्योल बढकोले यसलाई मिलाउनु पर्ने कुरा भएको स्पष्ट गरेका छन् ।

जे भएपनि नेता नेपाल यो घटनाले आफूलाई घाटा पुग्ने निश्कर्षमा पुगेको देखिन्छ । त्यसैले विवाद भएको केही घण्टा नबित्दै उनको स्वर मत्थर भएको छ । आज प्रचण्डसँगको भेटमा पनि उनले विवाद गर्ने तिर नजाउँ नै भनेका थिए । प्रधानमन्त्री ओली उपचारपछि फर्कंदासम्म सबै कुरा मिलीसक्ने उनको विश्वास छ । नेता नेपाल एकैदिनमा गलेपछि विभिन्न खाले अड्कल गर्न थालिएको छ । हिजो भएको विवादमा नेपालले नै बढी बोलेको ठहर गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरु यति निकृष्ट र तल्लो तहको गाली गलौजमा उत्रिएपछि कार्यकर्ता तहमा अन्योल र निराशा छाएको छ ।

र याे पनि…..ओली र नेपालबीच बाझाबाझ, सचिवालयका सदस्यहरुले हेरे रमिता

        ओलीले एक पद छोड्नै पर्छ : माधव नेपाल

Advertisement
अघिल्लो लेखसशस्त्र प्रहरीमा रक्तदान
अर्को लेखनेपाललाई कम्बोडिया बनाउन सरकार लागि पर्यो : सांसद गगन थापा
नेपालबहस संवाददाता
नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल https://www.youtube.com/channel/UC1g7sQeuhWB-EHILhd_ZS7Q/ पनि सञ्चालनमा छ ।नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो ।राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्