विपद पछिको पत्रकारितामा पत्रकारको महत्वपूर्ण भूमिका !
नेपालबहस संवाददाता
भदौ ६, २०७६ शनिबार १:२६:३८
कुसुम विश्वकर्मा
६ भदौ, काठमाडौं । विपदपछि पत्रकारको भूमिका महत्वपूर्ण हुने सरोकारवाला निकायले बताएका छन् । क्रियाशिल पत्रकार महिलाले शुक्रबार काठमाडौंमा गरेको ‘विपद पछिको पत्रकारिता’ विषयक एक कार्यक्रममा सहभागीहरुले वि.स. २०७२ सालको भूकम्पले नेपालमा ठूलो जनधनको क्षति भएको घटनालाई सम्झिंदै पत्रकारहरु आफै पीडित भएर पनि भूकम्पको समयमा समाचार सम्प्रेषणको काममा क्रियाशिल रुपमा लागी परेको बताएका हुन् ।
तर भैइ परि आउने यस्ता विपदका बेला तालिम लगायत सहि मार्ग निर्देशनको अभावमा पत्रकारहरुले निकै अप्ठ्यारो र जोखिमको सामना गर्नु परेको रेडियो नेपालकी कार्यक्रम प्रस्तोता रुकमणि पोख्ररेलले बताइन् ।
पत्रकार महिलाको संख्यामा मात्र विकास भएकाले गुणात्मक विकास सगै राजनितिक विषयमा पनि रिर्पोटिङ गर्ने पत्रकार महिलाको आवश्यकता
यस्तै कार्यक्रममा बोल्दै विपद पछिको पत्रकारिता गर्दा पत्रकारले विभिन्न संघ संस्थाले तथा सरकारले प्रदान गरेको भन्दा पनि छुट्टै सूचना संकलन गर्ने रणनिती तयार पार्नु पर्ने र बाडिएका सूचना सामाग्रीहरुलाई संख्यामा मात्र सिमित नराखि विपदबाट बाचेका व्यक्तिहरुमा पर्ने असर न्यूनिकरणका विषयमा पत्रकारले ध्यान दिनुपर्ने गोरखापत्रकी राधा चालिसेले बताइन् ।
विभिन्न विटमा रहेर काम गरिरहेका पत्रकारहरुले पनि विपदका बेला क्रियाशिल भएर कलम चलाएर महत्वपूर्ण भूमिका खेलको राष्ट्रिय पूननिमार्ण प्राधिकरण तथा मिडिया विज्ञ भुवन केसीले बताए । उनले कार्यक्रममा बोल्दै विपदको बेला टिलीभिजन भन्दा नि रेडियोले सबैभन्दा छिटो सुचना प्रवाहमा भुमिका खेलेको स्मरण गराए ।
समाज रूपारन्तरण र चेतना फैलाउन मिडियाको ठुलो हात
मिडिया विज्ञ केसीले विपदका बेला नेपाली मिडियाले आफ्नो क्षमता अनुसार सुचना प्रवाह गरेको सम्झिदै समाचार कक्ष र पत्रकारलाई राष्टिय विपद जोखिम न्यूनिकरण योजनाको एकिकृत अंगका रुपमा रुपमा विकास गनुपर्ने बताए ।क्रियाशिल पत्रकार महिलाले विगत लामो समयदेखि महिला पत्रकारकाका अवस्था र चुनौती विषयमा बहस अन्र्तक्रिया कार्यक्रम गर्दै आएको छ ।
पछिल्लो समय पत्रकार महिलाको संख्यामा मात्र विकास भएकाले गुणात्मक विकास सगै राजनितिक विषयमा पनि रिर्पोटिङ गर्ने पत्रकार महिलाको आवश्यकता रहेको संस्थाका अध्यक्ष अमिका राजथलाले बताइन् । कार्यक्रममा लामो समय पत्रकारितामा सक्रिय पत्रकार महिलाहरुले विपद पछिको पत्रकारितामा आ आफ्ना अनुभव, सफलता र चुनौतीका कुरा सुनाउदै समाज रूपारन्तरण र चेतना फैलाउन मिडियाको ठुलो हात रहने कुरामा जोड दिएका छन् ।
नेपालमा सबै तहका पत्रकारिता शिक्षामा विपदका असर र समाधानका उपायहरु समावेश गर्न सकिन्छ । साथै, भविष्यमा विपदको अवस्थामा, पत्रकारहरुसँग शारीरिक र कार्यगत चुनौतीको सामाना गर्न आवश्यक सम्पूर्ण कुरा छन्, भने सुनिश्चितता पनि हुनु पर्दछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
राम्रो काम गरे प्रचण्ड सरकारलाई निरन्तरता दिन्छौं : महासचिव पोखरेल
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार