आज पूर्वी तराईमा हावाहुरी आउने सम्भावना
नेपालबहस संवाददाता
भदौ ७, २०७६ शनिबार १५:१५:४४
७ भदौ, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरका केही स्थानहरुमा मेघ गर्जन र चट्यांगसहित वर्षा हुने पूर्वानुमान गरेको छ ।
देशको मध्य तथा पश्चिमी भूभागका थोरै स्थानमा भारी वर्षा र पूर्वी तराईका जिल्लामा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ। देशका केही स्थानमा मेघ गर्जनसहित वर्षा र चट्याङ पर्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ ।
शनिबार बिहान जारी गरेको बुलेटिनमा लेखिएको छ । मध्य तथा पूर्वका धेरै स्थानहरुका साथै पश्चिमका केही स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेकोले मेघगर्जन र चट्याङ्गबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ।
मध्य तथा पूर्वी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ जसले गर्दा चुरेबाट बहने खोलाहरुको बहावमा आकस्मिक बृद्दि हुन सक्ने साथै सडक यातायातमा पहिरोरभू-क्षयका कारण अवरोध आउन सक्ने भएकोले यात्रामा सतर्कता अपनाउन अनुरोध गरिन्छ।
भाद्र ७ गते ‘शनिबार’
दिउँसो : देशभरी सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित वर्षा हुनेछ । देशको मध्य तथा पूर्वी भुभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशका पूर्वी तराईका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।
राती : देशभरी सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ्रदेशको मध्य र पश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार