अमेजन जंगलको आगलागी नियन्त्रणका लागि सेना परिचालन
नेपालबहस संवाददाता
भदौ ७, २०७६ शनिबार १५:३३:५१
७ भदौ, एजेन्सी । ब्राजिलका राष्ट्रपतिले अमेजन जंगलमा भएको आगलागी नियन्त्रणका लागि सेना परिचालनको आदेश दिएका छन् ।
बिबिसीमा उल्लेख भए अनुसार राष्ट्रपतिले जाइर बोल्सोनारोले आदिवासी तथा सीमा क्षेत्रको प्राकृति सम्पदा संरक्षण गर्न यस्तो आदेश दिएका हुन् ।
युरोपेली नेताहरुले तीव्र दबाव दिएपछि ब्राजिलले आगो नियन्त्रणका लागि सेना परिचालन गर्ने आदेश दिएको हो । फ्रान्स र आयरल्यान्डले अमेजन क्षेत्रको आगलागी नियन्त्रणका लागि प्रयास नगरे दक्षिण अमेरिकी देशसँग हुन लागेको ठूलो व्यापार सम्झौता अनुमोदन नगर्ने चेतावनी दिएका थिए ।
फिनल्यान्डका अर्थमन्त्रीले ब्राजिलको गाइको मासु आयातमा प्रतिबन्ध लगाउने युरोपेली संघले सोच्नु पर्ने बताएका थिए । फिनल्यान्ड अहिले युरोपेली परिषदको अध्यक्ष हो ।
पर्यवरणीयवादी समूहहरुले आगलागी नियन्त्रणको माग गर्दै ब्राजिलको विभिन्न शहरहरुमा शुक्रबार प्रदर्शन गरेका छन् ।त्यसैगरी लण्डन, बर्लिन, मुम्बई तथा पेरिससहित विभिन्न शहरमा रहेका ब्राजिलियाली दुतावासअघि प्रदर्शन समेत भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध
चैत १६, २०८० शुक्रबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार
सुदूरपश्चिम सरकारबाट नबाहिरए दलका नेता चौधरीलाई कारवाही गर्ने रञ्जिताको चेतावनी
चैत १६, २०८० शुक्रबार
आगामी वर्षको बजेट लेख्न अर्थ मन्त्रालयले बनायो समिति
चैत १६, २०८० शुक्रबार
शुक्लाफाँटामा दुर्लभ मानिएको बाह्रसिङ्गाको गणना हुँदै
चैत १६, २०८० शुक्रबार
नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न
चैत १६, २०८० शुक्रबार