अत्यधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु
नेपालबहस संवाददाता
भदौ ८, २०७६ आइतबार १४:९:६
८ भदौ, मार्तडी । जिल्ला अस्पताल बाजुरामा अत्यधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु भएको छ । बडीमालिका नगरपालिका–७ जिल्लीकी २१ वर्षीया वसन्ती नेपालीको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।
नेपालीले बच्चा जन्माउन नसक्ने भएपछि चिकित्सकद्वय दुर्गा महर्जन र टिकाराम राईले भ्याकुम प्रयोग गर्दा सुत्केरीको पाठेघरबाट अत्यधिक रगत बगेपछि उनको मृत्यु भएको जिल्ला अस्पतालका निमित्त प्रमुख डा रोहित गिरीले बताए ।
दुई जना चिकित्सक उपचारमा खटिएको र बचाउने प्रयास गर्दा गर्दै रक्तश्राव बढी भएका कारण ज्यान गएको उनको भनाइ छ ।
लापरवाहीले ज्यान गयोः मृतकका आफन्त
चिकित्सकको लापरवाहीका कारण वसन्तीको मृत्यु भएको उनका आफन्तले आरोप लगाएका छन् । उपचारमा बेवास्ता गरेका कारण ज्यान गएको वसन्तीका आफन्त प्रकाशबहादुर नेपालीको आरोप छ ।
“चिकित्सकलाई पटक पटक खबर गर्दा पनि चासो देखाएनन्”, उनले भने । उनका श्रीमान् रोजगारीका सिलसिलामा कुबेतमा छन । घरमा तीन वर्षीय छोरा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार