बर्दियामा बाघको आक्रमणबाट दुई जनाको मृत्यु
Advertisement

८ भदौ, बार्दिया । बर्दियामा बाघको आक्रमणमा परी दुईजनाको मृत्यु भएको छ । बिहीबार गेरुवा गाउँपालिकामा एकजना र आइतबार बिहान ठाकुरबाबा नगरपालिकास्थित भुरीगाउँमा थप एकजना गरी दुईजनाको बाघको आक्रमणमा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार बिहान बाघको आक्रमणमा परी मृत्यु हुनेमा ७० वर्षीय पहरीया थारु रहेका छन् । बंगुरलाई दाना खुवाउन जाने क्रममा बाघले आक्रमण गर्दा उनको मुत्यु भएको हो ।

यसअघि गत बिहीबार पाटे बाघले आक्रमण गर्दा गेरुवा गाउँपालिका वार्ड नम्बर ४ दंगपुरकी ५६ वर्षीया रामकली शाहीको मृत्यु भएको थियो। बाघले आक्रमण गर्ने क्रम बढेसँगै स्थानीय त्रसित बनेका छन्।

Advertisement
Advertisement
अघिल्लो लेखसेती नदीमा अकालमै ७ जनाको मृत्यु
अर्को लेखभीमदत्त नगरपालिकाको आम्दानी दोब्बरले वृद्धि
नेपालबहस संवाददाता
नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल https://www.youtube.com/channel/UC1g7sQeuhWB-EHILhd_ZS7Q/ पनि सञ्चालनमा छ ।नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्